डार्विन, अष्ट्रेलिया — नेपालको गोरखाबाट सुरु भएको यात्रा चितवन हुँदै अष्ट्रेलियाको डार्विनमा आइपुगेका सञ्जीव (सन्जीव) गोर्खाली ढकाल नेपाली समुदायमा परिचित नाम मात्रै होइन, अब एक स्थापित नेतृत्वकर्ता पनि हुन्। प्रारम्भदेखि नै समाजसेवामा रुचि राख्ने ढकालले अष्ट्रेलियामा आएपछि पनि आफ्नो सामाजिक सक्रियता निरन्तर जारी राखे, जसले गर्दा उनी आज एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय कार्यसमितिको अध्यक्ष पदको दौडमा बलियो उम्मेदवारको रूपमा स्थापित भएका छन्।
सुरुवात : सामाजिक अभियानमा सक्रिय सहभागिता
गोरखामा बाल्यकाल बिताएका ढकाल, चितवन हुँदै अष्ट्रेलिया आउँदा पनि समाजप्रतिको भावनालाई छोडेनन्। डार्विनमा बसोबास थालेपछि उनी समुदायमा देखिन थाले — कहिले आपतकालीन सहयोगमा, कहिले सांस्कृतिक कार्यक्रममा, त कहिले युवाहरूको नेतृत्व विकासमा।
शुरुवातमै देखिएको सक्रियता, जिम्मेवारी र समर्पणको कारण उनलाई एनआरएनए Northern Territory मा नेतृत्वको भूमिकामा आमन्त्रित गरियो।
नेतृत्व यात्रा : उपसंयोजकदेखि उपाध्यक्षसम्म
सञ्जीव ढकालले २०२१–२०२३ कार्यकालमा NRNA Northern Territory का उप–संयोजकको रूपमा उल्लेखनीय कार्य गरे।
त्यसपछि उनी २०२३–२०२५ कार्यकालमा NRNA Australia का Vice Chairman साथै, सोही कार्यकालमा उनले NT राज्य संयोजकको भूमिका पनि प्रभावशाली रूपमा सम्हाले।

प्रमुख उपलब्धि:
Northern Territory मा अन्य राज्यभन्दा फरक रूपमा हरेक वर्ष “Nepal Festival” आयोजना गर्न सफल।
(जबकि अन्य राज्यमा यो उत्सव दुई वर्षमा एकपटक मात्र हुने चलन छ।)
अन्तर–राज्यीय सहभागिता सुनिश्चित गर्दै नेपाली समुदायको एकता र पहिचानलाई अन्तराष्ट्रिय स्तरमा उठान।
अन्तर–राज्य प्रभाव र राष्ट्रिय स्तरको समर्थन
ढकालको प्रभाव NT मै सीमित छैन। अष्ट्रेलियाका विभिन्न राज्यहरूमा रहेका नेपाली समुदायसँग उनी निकट सम्वाद, सहकार्य र पहुँच कायम राख्न सफल भएका छन्।
NSW राज्यमा दुईवटा फरक समूहबाट समर्थन पाउनु उनको कूटनीतिक समझदारी र सहमतिको राजनीति गर्ने क्षमताको प्रमाण हो।
अहिले उनी NCC (National Coordination Council) अध्यक्ष पदमा बलियो उम्मेदवारको रूपमा अघि बढिरहेका छन्, र विभिन्न राज्यबाट आउने समर्थनले उनको जित सुनिश्चित जस्तै देखिन्छ।
ढकालले सधैं समावेशी नेतृत्वको अभ्यास गर्दै आएका छन्।
उनी भन्छन्: “संगठन एक व्यक्तिको होइन, सबैको साझा आवाज हो। मेरो उद्देश्य हो, सबै राज्य, सबै वर्ग, सबै पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नु।”
सञ्जीव गोर्खाली ढकालको यात्रा कुनै आकस्मिक सफलता होइन, यो लगातारको समर्पण, स्पष्ट दृष्टिकोण र समुदायप्रतिको प्रेमले निर्माण गरेको एक प्रेरणादायी कथा हो।
उनको योगदानले देखाउँछ कि विदेशमा रहे पनि नेपाली समुदायलाई सशक्त बनाउन सकिन्छ, र यदि नेतृत्व सही हातमा पुगेमा संस्थाले अझ पारदर्शी, समावेशी र गतिशील बाटो समात्न सक्छ।
अब देखिएको छ
“एनसीसी अध्यक्ष पदमा ढकालको जित, अब केवल समयको पर्खाइ हो।”








