मंगलबार , अषोज २७, २०८३

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई स्टन्टबाज मेयरको संज्ञा दिएका छन् । उनले बालेनले ‘डिक्टेटरशिप ट्रेलर’ देखाएको आरोप लगाएका छन् । हिजो (शुक्रबार) बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सायद नेपालको इतिहासमै पहिलोपटक यति छोटो अवधिमा सकिएको बैठक हो कि स्टन्ट हो ? भनेर सोधेका छ्न ।

बस्नेतले फेशबुकमा लेखेका छन्–

शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सायद नेपालको इतिहासमै पहिलोपटक यति छोटो अवधिमा सकिएको बैठक हो कि स्टन्ट हो? जम्मा ४५ सेकेन्ड!

साढे ६ महिनापछि टुप्लुक्क बसेको बैठक आन्तरिक कलहकै कारण ‘फास्टफुड मिटिङ’ बनेर सकियो। अरू सदस्यलाई मुख खोल्न त परै जाओस्, सास फेर्न पनि फुर्सद दिइएन।

जनताले ‘युवा नेतृत्व’ भन्दै जुन छलफल, सहकार्य र समन्वयको सपना देखेका थिए, त्यो सपना पनि ४५ सेकेन्डमै सिध्याइयो।

बालेन शाहजस्ता स्टन्टबाज मेयर, जसलाई कतिले ‘फ्युचर पीएम’ भन्दै हौस्याएका थिए, उनीबाट यति छिटो ‘डिक्टेटरशिप ट्रेलर’ देख्न पाइएला भनेर धेरैले कल्पनासम्म गरेका थिएनन्।

अब प्रश्न एउटै छ? एक व्यक्ति केन्द्रित ‘फास्ट मिटिङ मोडेल’ लोकतन्त्रको अभ्यास हो कि सेलिब्रिटी प्रवृत्तिको घमण्ड? ४५ सेकेन्डमै बैठक सक्ने अभ्यासले अब काठमाडौं महानगर्लाई कता पुर्‍याउने हो, यो हेर्न बाँकी नै छ!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP