शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP