मंगलबार , अषोज २७, २०८३

सिड्नी, अष्ट्रेलिया — गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा पुनः सदस्यता वितरण प्रक्रिया सुरु हुने भएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) ले गठन गरेको उच्चस्तरीय समितिको सिफारिसमा, सबै पक्षलाई समेटेर समावेशी, निष्पक्ष र सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्नका लागि “एकता महाधिवेशन”को संयोजन जिम्मेवारी विवेक थापालाई दिइएको हो।

एनआरएनए महासचिव बी.आर. लामाले जानकारी दिँदै भने, “समग्र गैर-आवासीय नेपाली समुदायको साझा आवाज बन्न सक्ने विश्वासका साथ, अष्ट्रेलियामा समावेशी, सर्वपक्षीय र एकताबद्ध संगठन निर्माणको लागि विवेक थापालाई यो जिम्मेवारी दिइएको हो।” उनले अष्ट्रेलियामा सक्रिय संघसंस्था, समुदाय प्रतिनिधि र आम एनआरएनहरूसँग विस्तृत परामर्श गरिने बताए।

ओसिनिया क्षेत्रीय संयोजक इर्साद अहमदका अनुसार, MIS प्रणालीबाट सदस्यता लिन नपाएका तथा छुटेका हजारौं एनआरएनलाई समेटेर एकता महाधिवेशन गराउने जिम्मा थापालाई दिइएको हो। “हामीले सदस्यता लिन नपाएका झन्डै १५ हजारभन्दा बढी नेपालीहरूका लागि चाँडै सदस्यता प्रक्रिया पुनः सुरु गर्दैछौं,” संयोजक अहमदले बताए।

उनले हालको परिस्थितिको समाधान संवाद, समावेशी सहभागिता र पारदर्शितामार्फत खोजिनुपर्ने धारणा राख्दै भने, “ICC भित्र विचार फरक भए पनि अष्ट्रेलियामा एनआरएनएको एकता अत्यावश्यक छ। संरक्षक, पूर्व अध्यक्ष, भूतपूर्व र वर्तमान पदाधिकारी तथा सबै समुदाय नेतृत्वकर्ताहरूको सहभागिता आवश्यक छ।”

“पटक–पटक आग्रह गर्दा पनि वर्तमान कार्यसमितिले सदस्यता समावेशी बनाउने विषयमा कुनै चासो नदेखाई एकपक्षीय निर्णय लाद्न खोजेकाले, विकल्प नहुँदा उच्चस्तरीय समितिको सिफारिसअनुसार यो समिति गठन गर्नुपरेको हो।”

एकता संयोजक थापाले भने, “हामी सबैको संयुक्त प्रयास, समय र समर्पणले अष्ट्रेलियालाई विश्वका उदाहरणीय राष्ट्रिय समन्वय परिषदमध्ये एक बनाएको छ। यो सफलता र सम्मानको आधार नै हाम्रो आपसी एकता हो।”

गत मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न एनआरएनएको “एकता महाधिवेशन”बाट महेश कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। सोही महाधिवेशनको भावना अनुसार, अष्ट्रेलियामा पनि सबै पक्षको सहमति र सहभागितामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP