मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनको विस्तृत तालिका सार्वजनिक गरिएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार, ६ जुलाई मा अष्ट्रेलियाभरिबाट निर्वाचनमा भाग लिन पाउने मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। सो नामावलीमा चासो भएका पक्षहरुले ७ र ८ जुलाई मा दावी–विरोध गर्न सक्नेछन्। प्रक्रिया पूरा गरेपछि ९ जुलाई मा अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ।

🔹 उम्मेद्वारी दर्ता र प्रक्रिया:

१२ जुलाई: उम्मेद्वारी दर्ता गर्ने अन्तिम दिन

१३ जुलाई: उम्मेदवारहरूको नाम सार्वजनिक

१५ जुलाई: उम्मेदवारविरुद्ध दावी–विरोधको समय

१६ जुलाई: अन्तिम उम्मेदवार नामावली प्रकाशन

१७ जुलाई: उम्मेद्वारी फिर्ता गर्न सकिने दिन

१८ जुलाई: उम्मेदवारी फिर्तापछि अन्तिम उम्मेदवार सूची

🗳️ मतदान कार्यक्रम:

२० जुलाई: प्री–भोटिङ सुरु

२६ जुलाई: निर्वाचन (बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म – स्थानीय समय अनुसार)

🖥️ ‘भेरो भोटिङ’ प्रणाली प्रयोगको सम्भावना

निर्वाचनमा मतदान प्रणालीको रूपमा यसअघि जस्तै Vero Voting प्रयोग हुने सम्भावना देखिएको छ। यद्यपि निर्वाचन आयोगका प्रमुख आयुक्त डिल्ली ढकालले यस विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्। उनका अनुसार, “केही कम्पनीहरूसँग छलफल भइरहेको छ, तर भेरो भोटिङ पुनः उपयुक्त हुनसक्छ।”

💳 सदस्यता शुल्क प्रणालीमा कडाइ

एकै परिवारका ४ जनासम्म मात्र एउटै कार्डबाट सदस्यता शुल्क तिर्न मिल्ने व्यवस्था छ। विगतमा नियम विपरित सदस्यता लिइएकाले ५ सयभन्दा बढी सदस्यता रद्द गरिएको थियो। साथै, अघिल्लो निर्वाचनमा प्रयोग भएका पेपल लगायतका गेटवे हटाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP