मंगलबार , अषोज २७, २०८३

डार्विन, अस्ट्रेलिया – आगामी गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरी राज्य समन्वय परिषद् (SCC) को निर्वाचन (२०२५–२०२७) का लागि जगत थापाले युवा कोअर्डिनेटर पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ।

डार्विनमा विगत पाँच वर्षदेखि स्थायी बसोबास गर्दै आउनु भएका थापा नेपाली समुदायमा एक सक्रिय, विश्वासिलो र निस्वार्थ युवा अभियन्ताको रूपमा स्थापित हुनुहुन्छ। सामुदायिक सेवामा समर्पित टिम त्रिलोचनको तर्फबाट उम्मेदवारी दिनु भएका थापा कुनै पनि राजनीतिक स्वार्थभन्दा माथि उठेर सफा नियत, स्पष्ट उद्देश्य र कार्यशैलीसहित मैदानमा उत्रनुभएको हो।

उहाँको मूल उद्देश्य: “नेतृत्व विकास, समावेशी सहभागिता, र युवाको हकहितमा ठोस काम गर्ने।”

उहाँले आफ्ना मुख्य कार्ययोजना यस प्रकार प्रस्तुत गर्नुभएको छ:

✅ नेपाली युवाहरूको नेतृत्व, संस्कृति र खेलकुद क्षेत्रमा क्षमता विकासका लागि नवीन कार्यक्रमहरू सञ्चालन
✅ सबै उमेर र पृष्ठभूमिका सदस्यहरूमाझ आपसी सहकार्य र एकताको भावना विकास
✅ नयाँ विद्यार्थी, आप्रवासी र युवा पेशेवरहरूको चासो र समस्यालाई संस्थागत रूपमा सम्बोधन
✅ एनआरएनए मार्फत युवालाई नीतिगत निर्णय प्रक्रियामा सक्रिय बनाउने

थापाले स्पष्ट रूपमा भन्नुभयो, “यो उम्मेदवारी पदका लागि होइन, जिम्मेवारीका लागि हो। म सम्पूर्ण युवाको साझा आवाज बन्ने दृढ अठोटका साथ अघि बढेको छु।”

निर्वाचन मिति: जुलाई २६, २०२५
विज्ञ, उत्साही र समर्पित युवाको लागि – तपाईंको मत जगत थापालाई!

– पुराखबर डार्विन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP