मंगलबार , अषोज २७, २०८३

डार्विन, “सहयोग र एकताको बलमा बनेको घर कहिल्यै भत्किँदैन।” यही भावना बोकेर नेपाली संघ नर्दन टेरिटोरी (NANT) ले सामाजिक सेवामा समर्पित एक विशेष Fundraising BBQ कार्यक्रमको आयोजना गर्न लागेको छ।

📍 स्थान: Jingili Water Gardens
📅 मिति: शनिवार, 12 जुलाई 2025
🕔 समय: साँझ 5:00 देखि 7:30 बजेसम्म

$50,000 भन्दा बढी सहयोग प्रतिबद्ध भइसकेको यो अभियानले नर्दन टेरिटोरीका नेपाली परिवारहरूलाई आत्मनिर्भर बनाउने यात्रामा सार्थक पाइला चालेको छ। कार्यक्रमको प्रमुख उद्देश्य भनेको समुदायलाई एकताबद्ध गर्दै दुःख–पीडामा साथ दिने सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउनु हो।

कार्यक्रमका विशेष आकर्षणहरू:

NANT को सामाजिक प्रभावको जानकारी

समुदायसँग प्रत्यक्ष संवाद

स्वादिष्ट बारबिक्यु र सौहार्दपूर्ण वातावरण NANT की अध्यक्ष प्रतिभा देवकोटा भन्छिन्, “हामीले साना सहयोगबाट ठूला परिवर्तनहरू सम्भव बनाएका छौं। जब ‘म’ होइन ‘हामी’ अघि सर्छौं, तब समाज परिवर्तन हुन्छ।”

समाज परिवर्तनका लागि मन, आत्मा र सपना साझा गर्नु आवश्यक छ, र यही अभियानले त्यसलाई मूर्त रूप दिन लागेको बताउनु हुन्छ SWC अध्यक्ष बाबुराम भट्टराई ।

संपूर्ण नेपाली समुदायलाई परिवार र साथीहरूसहित उपस्थित भई सहभागिता जनाउन आग्रह गरिएको छ।

“हामी सँगै हिँड्यौं भने, कोही पनि पछि पर्दैन।”

पुराखबर पनि यो अभियानको साथमा हतेमालो गर्दै सम्पुर्णमा उपस्तिथिको लागि अनुरोध गर्द्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP