मंगलबार , बैसाख २९, २०८३

बुटवल । लुम्बिनी प्रदेशमा जसपाको सांसदहरु सरकार जाने र नजाने बीचको विवाद कार्यकर्तासम्म पुगेको छ । वैशाख ६ गते शंकर पोखरेलको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका छन् ।

रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा जाने क्रममा मन्त्री पाण्डेलाई आज जनता समाजवादी पार्टीकै नेता कार्यकर्ताले सडकमा टायर बालेर तथा कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।

जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, केन्द्रीय परिषद सदस्य रुपा मल्ल लगायतका नेता कार्यकर्ताले मन्त्री पाण्डेलाई व्यक्तिवादी, अनैतिक भन्दै नाराबाजी गरेका थिए । जसपा रुपन्देही अध्यक्ष रामअवतार यादवले पार्टी निर्णय, संसदीय दलको निर्णय विपरीत पाण्डे मन्त्री बनेकाले विरोध गरिएको बताए ।

उनले मन्त्रीका सार्वजनिक कार्यक्रम वहिस्कार गरिने पनि बताए । मन्त्रीलाई प्रहरीले बल प्रयोग गरेर कार्यक्रम स्थलमा पुर्याएका थिए ।

लुम्बिनी प्रदेशमा जसपाका ६ जना प्रदेशसभा मध्ये ४ मन्त्री बनेका छन् । दुई जना भने पार्टी निर्णय विपरीत वर्तमान सरकारमा जान नहुने अडानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP