शुक्रबार , भाद्र १२, २०८३

डार्विन, अस्ट्रेलिया | पुराखबर – २८ जुन २०२५
एनआरएनए अस्ट्रेलियाको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका सञ्जीव गोर्खाली ढकालमाथि डा. ज्ञानेन्द्र रेग्मीले सामाजिक सञ्जालमा व्यक्त गरेको टिप्पणीले नेपाली समुदायभित्र चर्को बहस सिर्जना गरेको छ।

डा. रेग्मीले सञ्जीव ढकालको प्रचार पोस्टसहितको फोटोमा टिप्पणी गर्दै डार्विनको भोट संख्या थोरै भएको कारण राष्ट्रिय तहमा प्रभाव पर्ने सम्भावना न्यून रहेको संकेत गरेका थिए। उक्त टिप्पणीलाई धेरैले डार्विनलगायत क्षेत्रीय प्रतिनिधित्वलाई हेपेको रूपमा व्याख्या गरेका छन्।

सञ्जीव ढकालले डा. रेग्मीको अभिव्यक्तिप्रति गहिरो निराशा व्यक्त गर्दै खुला पत्रमार्फत जवाफ दिएका छन्। उनले पत्रमा भनेका छन्

“यो निर्वाचन केवल मत र पदको लागि होइन, मूल्यका लागि हो। के एनआरएनए यस्तो संस्था बन्न सक्छ जहाँ प्रत्येक नेपाली, चाहे जे-जस्तो पोस्टकोडमा बसून, उसलाई सुन्ने, बुझ्ने र सहभागी हुने अधिकार मिलोस्?”

सञ्जीव ढकालले आफू डार्विनको ‘गर्विलो सन्तान’ भएको उल्लेख गर्दै, नेपाल महोत्सवजस्ता आयोजनामा डार्विन क्षेत्रका स्वयंसेवकहरूले गरेको योगदानको चर्चा गरेका छन्। उनले डार्विन क्षेत्रका थुप्रै स्वयंसेवकहरू सदस्यता प्रक्रिया सम्पन्न गर्न नपाएको प्रति दुःख व्यक्त गर्दै, क्षेत्रीय सहभागितालाई उपेक्षा गर्नु अन्यायपूर्ण भएको जिकिर गरेका छन्।

समुदायका थुप्रै सदस्यहरूले सामाजिक सञ्जालमार्फत डा. रेग्मीको टिप्पणीप्रति आपत्ति जनाएका छन्। उनीहरूले क्षेत्रीय मतदाताहरूको संख्या कम भएकै आधारमा उम्मेदवारको हैसियतमाथि प्रश्न उठाउनु एनआरएनएको समावेशी मूल्य विपरीत भएको बताएका छन्।

एक स्वयंसेवकले भने —
“संख्या होइन, समर्पण हेर्नुपर्छ। डार्विनका नेपालीहरूले काम गरेका छन्, आफ्नो उपस्थितिको अनुभूति गराएका छन्। नेतृत्वमा पहुँच उनीहरूको पनि हुनुपर्छ।”

यो घटनाले एनआरएनए निर्वाचन प्रक्रिया, सदस्यता प्रणाली र प्रतिनिधित्वको आधारबारे थप बहस चर्काएको छ। केहीले त पछिल्लो समय सदस्यता वितरणमा पारदर्शिता नरहेको आशंका समेत व्यक्त गरेका छन्।

सञ्जीव ढकाल गोर्खालीले आफूलाई एकता, समावेशिता र समर्पणमा आधारित नेतृत्वका लागि प्रतिबद्ध उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। डार्विनको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी रूपमा उम्मेदवारी दिएका ढकालले स्थायी सामुदायिक केन्द्रको निर्माण, विद्यार्थी र क्षेत्रीय आवाजलाई प्राथमिकता दिने आफ्नो दृष्टिकोण स्पष्ट पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP