मंगलबार , असार १६, २०८३

एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२७) का लागि सदस्यता अद्यावधिक विवरणअनुसार, पश्चिम अष्ट्रेलिया बाट सबैभन्दा बढी सदस्यता लिइएको देखिएको छ। जुन ४ तारिख साँझ ७ बजे सार्वजनिक गरिएको विवरणअनुसार, कुल २ हजार २ सय ९० जना स्वीकृत सदस्यमध्ये ६ सय ४० जना पश्चिम अष्ट्रेलियाबाट छन्, जुन सबै राज्यहरूभन्दा उच्च हो।

तर अचम्मको कुरा के देखिएको छ भने न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरिया जस्ता जनसंख्या धेरै भएका ठूला राज्यहरूमा सदस्यता लिने क्रम अपेक्षाकृत सुस्त देखिएको छ। उदाहरणका लागि, न्यु साउथ वेल्सबाट ४ सय ७९ जना, क्वीन्सल्याण्डबाट ३ सय ९७ जना, र भिक्टोरिया जस्तो ठूलो राज्यबाट मात्र ७७ जना सदस्य स्वीकृत भएका छन्।

यता, अष्ट्रेलियन क्यापिटल टेरिटोरी बाट २ सय ९७ जना, नर्दन टेरिटोरीबाट १ सय ८४ जना, साउथ अष्ट्रेलियाबाट १ सय १३ जना, र तास्मानियाबाट १ सय ३ जना सदस्यले नाम दर्ता गराएका छन्।

यस विवरणले देखाउँछ कि संघीय राजधानी बाहिरको क्षेत्रमा, विशेषगरी पश्चिम अष्ट्रेलियामा एनआरएन अभियान बढी सक्रिय देखिएको छ भने ठूला शहरहरूमा सहभागिता अझै पनि अपेक्षाकृत कम छ। सदस्यता प्रक्रियामा अझ व्यापक पहुँच विस्तार गर्नु आवश्यक देखिएको छ।

कुल सदस्यता प्रक्रियामार्फत ४ हजार ८ सय ४८ जना सम्भावित सदस्यहरूमध्ये १३ सय ८७ जना भुक्तानी गरिसके पनि स्वीकृत हुन बाँकी छन् भने ११ सय ७१ जना ड्राफ्ट अवस्थामा छन्, जसले अझै प्रक्रिया पूरा गरेका छैनन्।

अबको चुनौती भनेको ठूला राज्यहरूमा सदस्यता सक्रियता बढाउनु र बाँकी प्रक्रियागत चरणहरू छिटो टुंग्याउनु हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP