शुक्रबार , जेठ ८, २०८३

सिड्नी – अष्ट्रेलियामा घरभाडा लगातार बढ्दै गर्दा सर्वसाधारणको जीवन झनै कष्टकर बन्दै गएको छ। अहिलेको अवस्था यस्तो छ कि, केही ठाउँहरूमा घर भाडा तिर्नु भन्दा घरको मासिक किस्ता तिर्नु सस्तो पर्ने देखिएको छ।

Ubank को नयाँ रिपोर्ट अनुसार, अष्ट्रेलियाभर एक हजारभन्दा बढी घर तथा युनिट मार्केटहरूमा घरको मासिक किस्ता भाडा भन्दा कम पर्ने तथ्य पत्ता लागेको छ।

हाल अष्ट्रेलियामा बाँच्नका लागि आवश्यक खर्च तीव्र रूपमा बढिरहेको छ। पछिल्लो पाँच वर्षमा भाडा ३९ प्रतिशतले बढ्दै साप्ताहिक औसत $६५९ पुगेको छ। त्यसको तुलनामा औसत घर कर्जाको साप्ताहिक किस्ता $९२२ मात्रै रहेको रिपोर्टले देखाएको छ।

रिपोर्टका केही मुख्य तथ्यहरू यस प्रकार छन्:

करिब २०% अष्ट्रेलियन उपनगरमा मासिक किस्ता र भाडाबीचको अन्तर $१०० भन्दा कम छ।

७.७% उपनगरहरूमा घरको मासिक किस्ता भाडाभन्दा सस्तो पर्न थालेको छ।

“रेन्टभेस्टिङ” के हो?
रेन्टभेस्टिङ भन्नाले मानिसहरू आफू बस्न चाहने (तर महँगो) ठाउँमा भाडामा बस्ने र लगानीको लागि सस्तो ठाउँमा घर किन्ने रणनीति हो।Cotality की प्रमुख अनुसन्धानकर्ता एलिजा ओवेन भन्छिन्: “शहरमा घर किन्ने सपना पूरा गर्न रेन्टभेस्टिङ अब धेरै युवाहरूको रोजाइ बन्दै गएको छ। सुरुमा भाडा र किस्ता दुबै तिर्नुपर्छ भन्ने लाग्न सक्छ, तर यसले दीर्घकालीन लाभ दिन्छ।”

कुन ठाउँमा यस्तो सम्भावना देखिएको छ?
सिड्नी: साप्ताहिक भाडा $७८७ – क्यान्टरबरीको युनिट वा सान रेमोमा घर किन्न सकिने।

मेलबर्न: साप्ताहिक भाडा $६१० – नर्रे वारेनको युनिट वा मेल्टन साउथमा घर किन्न सकिने।

ब्रिसबेन: $६७८ को भाडाले $६०६,००० बराबरको घर किन्न सकिने।

पर्थ: $७१३ साप्ताहिक भाडामा $६३८,००० बराबरको घर – जोलिमन्ट वा म्याडिङटन क्षेत्रमा।

किन बढ्दैछ घर किन्ने रूचि?
एलिजा ओवेनका अनुसार, “आगामी महिनाहरूमा व्याजदर घट्ने सम्भावना र बढ्दो भाडादरका कारण घर किन्ने रूचि उल्लेखनीय रूपमा बढेको छ।”

धेरैजसो पहिलो पटक घर किन्नेहरूले आफू बस्न चाहेको स्थानमा भाडामा बस्दै, सस्तो क्षेत्रमा घर किन्ने रणनीति अपनाइरहेका छन्।

यदि तपाईं घर किन्न योग्य भएर पनि अझै भाडामा बस्नुभएको छ भने, अब सोच्ने बेला आएको छ। घर तथा जग्गासम्बन्धी परामर्शदातासँग सल्लाह लिएर भविष्यको सुनिश्चितता बनाउनुहोस् — हो, तपाईं पनि भाडामा बस्दाबस्दै घरको मालिक बन्न सक्नुहुन्छ!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

कामदारको तलब बढाउने अष्ट्रेलियाका प्रधानमन्त्रीको संकेत

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने


TOP