सोमबार , अषोज २६, २०८३

अष्ट्रेलियामा महँगी र जीवनयापन खर्चले थिचिरहेका घरधनीहरूलाई केही राहत मिल्ने संकेत देखिएको छ। रिजर्भ बैंक अफ अष्ट्रेलिया (RBA) ले यो साता बसेको मौद्रिक नीति बैठकमा ०.२५ प्रतिशतले व्याजदर घटाएर ३.८५ प्रतिशतमा झारेको छ। पछिल्लो दुई वर्षमा यो पहिलो पटक हो जब व्याजदर ४ प्रतिशतभन्दा तल झरेको हो।

यस निर्णयसँगै NAB, ANZ, वेस्टप्याक र कमनवेल्थ बैंकले ६ लाख डलरको औसत होम लोनमा महिनाको लगभग १०० डलर किस्ता घटाउने निर्णय लिएका छन्। यसले आवास ऋण लिएका धेरै अष्ट्रेलियालीहरूलाई राहत दिने अपेक्षा गरिएको छ।

रिजर्भ बैंकका गभर्नर मिचेल बुलकले ट्रम्पको भन्सार नीतिका कारण अष्ट्रेलिया मन्दीमा जान सक्ने जोखिम बढेको भन्दै यस पटकको दर कटौतीलाई ‘सन्तुलित निर्णय’ भनेकी छन्। उनी भन्छिन्, “५० र २५ बेसिस पोइन्टको छलफल भयो, तर बोर्डले २५ नै उपयुक्त ठहर गर्‍यो।”

तर प्रश्न उठ्न थालेको छ — के यो कटौती दैनिक जीवनयापन खर्च थाम्न पर्याप्त छ?

हाल वार्षिक मुद्रास्फीति दर २.६ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ, जुन बैंकको २–३ प्रतिशतको लक्ष्य भित्रै पर्छ। बैंकले यसलाई पनि दर कटौतीको पक्षमा सकारात्मक संकेतका रूपमा हेरेको छ।

बैंकहरूले आगामी जुलाईमा पुनः दर कटौतीको सम्भावना ५०–५० रहेको जनाएका छन्। यदि अगस्तसम्म थप कटौती भयो भने, दर ५ प्रतिशतभन्दा तल झर्न सक्ने अनुमान गरिएको छ।

अब सर्वसाधारण अष्ट्रेलियालीहरूबीच एक बहस शुरू भएको छ ,“अहिलेको यो कटौती पर्याप्त हो? के यसले तपाईंको जीवनयापन सहज बनाउँछ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP