शनिबार , भाद्र १३, २०८३

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी जुलाई २६ तारिखमा अर्को २ वर्षे कार्यकालका लागि नेतृत्य चयन गर्न निर्वाचन गर्ने घोषणा गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
डिल्ली ढकाललाई राष्ट्रिय निर्वाचन संयोजक तोकिएको छ । उपसंयोजक राजु उपाध्याय तोकिएका छन् । न्यूसाउथवेल्समा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्वीन्सल्याण्डबाट सुरेश खत्री, साउथ अष्ट्रलियाबाट अंकुर उपाध्याय, वेष्टर्न अष्ट्रेलियाबाट रविन वर्तौला, तास्मानियामा कन्चन अर्याल र एसिटीबाट कृष्ण सुवेदी र नर्दन टेरेटोरीबाट दिनेश सापकोटा निर्वाचन राज्य संयोजक तोकिएका छन् । अन्य सदस्यहरु निर्वाचन आयोग र एनआरएनले थप गर्ने बताइएको छ ।

यस्तै पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अब एकजना अध्यक्ष, एकजना उपाध्यक्ष, एकजना महासचिव र एकजना कोषाध्यक्षको लागि निर्वाचन गरिनेछ । एनआरएनको राज्य संयोजकहरु अब उपाध्यक्ष नहुने भएका छन् । यो परिवर्तन अघिल्लो पटक एडिलेडमा गरिएको विधान अधिवेशनमार्फत गरिएको थियो । अब एनआरएन अष्ट्रेलियाका बोर्ड सदस्यहरु १९ जना हुनेछन् । यसअघि १७ सदस्यीय बोर्ड रहने गरेकोमा उपाध्यक्ष र प्रिन्सिपल ग्रान्ट अफिसर थप गरिएको हो ।

एनआरएन अष्ट्रेलियाले यसअघि रहँदै आएको सदस्यता शुल्क २५ डलरबाट बढाएर ३० डलर बनाएको छ । यस्तै आजीवन सदस्यता शुल्क २ सय ५० डलर तोकिएको छ । एनआरएन अष्ट्रेलिया विश्वमै सबैभन्दा ठूलो राष्ट्रिय समन्वय समिति थियो । यसका १६ हजार करिब सदस्यहरु रहेका छन् ।

एनआरएन अष्ट्रेलियाको केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारहरुका जिज्ञासाको जवाफ दिएका थिए । आजीवन सदस्यहरुले हरेक पटक नवीकरण गर्नुपर्ने किन हो भन्ने जिज्ञासामा उनले आफ्नो कुनै ठेगाना लगायतका विवरण परिवर्तित भए त्यसलाई अद्यावधिक गर्नका लागि यो व्यवस्था गरिएको स्पष्टीकरण दिएका थिए । यस्तै निर्वाचनमा भोट केन्द्रित भएर एउटै क्रेडिट कार्डबाट धेरै सदस्यता बनाउने विकृतिलाई रोक्न के गरिनेछ भन्ने प्रश्नको जवाफमा पोखरेलले यसअघिकै व्यवस्था एउटा कार्डबाट अधिकतम ४ जना बाहेक सदस्य बन्न नमिल्ने व्यवस्था यथावत राखिएको र यसलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन समितिले पूर्णता पाएपछि छलफल अघि बढाइने पनि उनले प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP