मंगलबार , अषोज २७, २०८३

नेपाली नयाँ वर्ष २०८२ अवसरमा रुपन्देही सामाजिक सञ्जालले शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सिड्नी स्थित टेम्पी पार्कमा यहि मे ३ तारिक शनिवारका दिन आयोजित सो कार्यक्रममा सिड्नीमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । बार्बिक्यु सहित सम्पन्न सो कार्यक्रमका सहभागीहरुबीच एकापसमा शुभकामना आदान प्रदान को साथै किड्स फेस पेण्टिङ्ग लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा एन आर एन ए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले अष्ट्रेलियाको नेपाली समुदाय माझ सामाजिक र कल्याणकारी कार्यमा आफ्नो बिशिस्ठ योगदान पुर्याउदै आएको रुपन्देही सामाजिक सञ्जालले आगामी दिनमा पनि आफ्नो सामाजिक कार्यलाई अझ बिस्तार गरि र प्रभावकारी भूमिका निभाउने बिस्वास व्यक्त गरे ।

सो अवसरमा सस्थाका अध्यक्ष दिवाकर काफ्लेले संस्थाले लिएको उद्देस्य र लक्षलाई पुरा गर्न सबैले आ आफ्नो क्षेत्रबाट भूमिका निभाउनु पर्ने खाचो औल्याउदै कार्यक्रमका सहभागी तथा सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष विनोद कुंवर, संस्थाका संरक्षकहरु राज खनाल, कृष्ण गैरे, इश्वर पोख्रेल, मुक्तिराम पोख्रेल, कार्यसमितिका पधाधिकारी एबं विभिन्न पेशा व्यवसाय संचालन गर्दै आएका ब्यबसायी एबम विभिन्न सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

@nepalnewsaustralia

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP