शुक्रबार , भाद्र १२, २०८३

भारतले पाकिस्तानमा गरेको हवाई हमलालाई ‘खेदजनक’ भएको टिप्पणी गर्दै चीनले दुवै देशलाई संयम बन्न आग्रह गरेको छ।

भारत र पाकिस्तानबीच जारी तनावका विषयमा चीनको विदेश मन्त्रालयले दुई देशको द्वन्द्वले चीनलाई चिन्तित बनाएको उल्लेख गरेको छ।

चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘आज बिहान भारतले गरेको सैन्य कारबाही चीनलाई खेदजनक लागेको छ। हामी जारी अवस्थाप्रति चिन्तित छौँ। भारत र पाकिस्तान एकअर्काको छिमेकी हुन् र सधैँ रहनेछन्। उनीहरू दुवै चीनका पनि छिमेकी हुन्। चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत् हितमा काम गर्न, शान्त रहन, संयम अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने क्रियाकलाप नगर्न आग्रह गर्दछौँ।’

बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले मंगलबार राति १:०५ देखि १:३० बजेबीच ‘अपरेसन सिन्दूर’ सुरु गरेको बताइन्।

उनले भनिन्, ‘यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाको सिकार भएका निर्दोष नागरिक र उनीहरूका परिवारलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो। यस अपरेसनमा नौ आतंकवादी शिविरलाई लक्ष्य गरी पूर्ण रूपमा ध्वस्त पारिएको छ।’

उक्त आक्रमणका विषयमा भारतीय र पाकिस्तानी सञ्चारमाध्यमले आआफ्नै दाबी गरिरहेका छन्।

पाकिस्तानले जवाफका क्रममा भारतका पाँचवटा लडाकु विमान खसालिदिएको दाबी गरेको छ भने यस विषयमा भारतले अहिलेसम्म केही बोलेको छैन।

उक्त आक्रमणलाई भारतले अपरेसन सिन्दूर नाम दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP