मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका) ले विभिन्न सञ्चार माध्यममा अस्ट्रेलियाको सिमा प्रतिवन्ध र विद्यार्थी आगमनबारे अफवाह फैलाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै केही अनलाइन सन्चारमाध्यमले भ्रामक तथा आधारविहिन समाचार प्रकाशित गरी विध्यार्थी तथा अभिभावकलाई समेत भ्रममा पारेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

अस्ट्रेलियाको केन्द्रीय सरकारको आधिकारीक निर्णय अनुसार विशेष परिस्थितिबाहेक आगामी सन् २०२१ को जुन १७ सम्मका लागि मात्र अस्ट्रेलिया प्रवेशमा रोक लगाएको स्पष्ट पार्दै यसबाहेक अस्ट्रेलिया प्रवेश र आगमनका सम्वन्धमा सरकारको कुनै अर्को निर्णय बाहिर नआएको बताएको छ।

भ्रामक समाचारले अभिभावक तथा विद्यार्थीमा अन्यौलता छाएको एकाले जनाएको छ ।

‘अस्ट्रेलियन सरकारको आधिकारीक निर्णय नआइसकेको अवस्थामै यसको अपब्याख्या गरेर सन् २०२४ सम्म अस्ट्रेलियन बोर्डर नखुल्ने र विद्यार्थी आगमनमासमेत रोक लाग्ने जस्ता समाचार आउनुमा कुनै आधार नरहेको एकाले स्पष्ट पार्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ।

कोरोनाको मारबाट प्रभावित विश्व बिस्तारै सहज अवस्थामा जादै गर्दा अस्ट्रेलियाले पनि आफ्नो दरिलो आर्थिक श्रोतका रुपमा रहेको शैक्षिक उद्योगलाई सहजसाथ अगाडि बढाउन आवश्यक गृहकार्य गरिरहेको एकाले जनाएको छ।

यसैबिच अस्ट्रेलियाका प्रमुख राज्यहरु एनएसडब्लु (सीड्नी) र भिक्टोरिया (मेलवर्न)ले केन्द्रिय सरकारलाई राज्यको स्वास्थ नीति बमोजिम क्वारेन्टाइनको अनिवार्य शर्तसहित अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउनका लागि विशेष आग्रह समेत गरिरहेको अवस्थामा बिना कुनै आधार प्रमाण अस्ट्रेलिया प्रवेशमा रोक लाग्न सक्ने जस्ता समाचारले विध्यार्थी र अभिभावक मात्र नभइ यस शैक्षिक उद्योगमा समेत प्रभाव पर्ने मनसाय राखिएको एकाले जनाएको छ।

यही १३ अप्रीलमा सेभेन न्युज अस्ट्रेलियाले प्रशारण गरेको सामाग्रीमा सामान्य जनजिवनमा फर्कन अस्ट्रेलियालाई सन् २०२४ सम्म लाग्नसक्ने विशेषज्ञको चेतावनी शीर्षकको समाचार प्रकाशित गरेको थियो।

यही समाचारलाई अपब्याख्या गरेर सन् २०२४ सम्म अस्ट्रेलिया विध्यार्थीका लागि नखुल्ने मनसायको समाचार सम्प्रेषण हुनु आफैंमा अपत्यारिलो भएको एकाले दाबी गरेको छ।

स्मरण रहोस् अस्ट्रेलियाले आफ्नो जनजीवन सामान्य बनाउने क्रममा यही सोमबारदेखि बिना क्वारेन्टाईन न्युजिल्यान्डसँगको सीमा खुला गरिसकेको छ।

यसै क्रममा पहिलो दिनमा १ सय २२ उडान भइसकेको छन्। यसैगरी सुरक्षीत तबरले क्वारेन्टाईन सर्त सहित अन्य मुलुकमा उड़ान थाल्ने तयारी गरेको अध्यक्ष भुपाल सिटौला र महासचिव कोमलराज पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP