शनिबार , बैसाख १३, २०८२

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपाल आइपुगेका छन्। आज शुक्रबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका पदाधिकारीहरू विमानस्थल पुगेका थिए।

क्यानले भोलि शनिबारदेखि नै ५२ खेलाडी समावेश गरेर अभ्यास खेल सुरु गर्दैछ। प्रमुख प्रशिक्षक स्टुवार्टलाई पनि सोही खेलअघि सार्वजनिक गर्ने क्यानको तयारी छ।

यही अभ्यास खेलको अवलोकन गर्दै स्टुवार्टले आफ्नो योजनाअनुसार टोली निर्माण गर्नेछन्। खेलाडी छनोटकै लागि क्यानले चार टोली बनाएर दुई चरणको लिग सञ्चालन गर्न लागेको हो।

क्यानले चैत १५ गते अष्ट्रेलियन पूर्वब्याटर स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

स्टुवार्टले यसअघि अमेरिकन टोलीको मुख्य प्रशिक्षक भएर काम गरेका थिए। त्यसअघि श्रीलंका, बंगलादेश र अस्ट्रेलियाकै क्रिकेट टिममा पनि विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP