शनिबार , भाद्र १३, २०८३

NT प्रहरीले डार्विनको उत्तर क्षेत्रमा बुधबार दिउँसो भएको छुरा प्रहारमा एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ।

घटना नाइटक्लिफको फाइभ स्टार सुपरमार्केट अगाडि, प्रोग्रेस ड्राइभमा भएको हो। हाल घटनास्थलमा अनुसन्धानकर्ता पुगेर अनुसन्धान जारी राखिरहेका छन्।

प्रहरीले मृतकको परिचय औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्, तर पुराखबरका अनुसार उनी सोही सुपरमार्केटमा काम गर्ने व्यक्ति थिए।

प्रहरी अहिले पनि घटनामा संलग्न रहेको व्यक्तिको खोजी गरिरहेको छ।

नाइटक्लिफ छुरा आक्रमण

घटनापछि प्रहरी र स्वास्थ्यकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। प्रहरीले पसल अगाडि क्षेत्र घेराबन्दी गरी, सादा पोशाकमा आएका अनुसन्धानकर्ताहरूले अनुसन्धान सुरु गरेका थिए। पसलका अन्य कर्मचारीहरू स्तब्ध अवस्थामा बाहिर उभिएका थिए भने प्रहरी प्रत्यक्षदर्शीहरूसँग बयान लिइरहेको थियो।

एक प्रत्यक्षदर्शी महिलाले, जो घटनाका बेला केराको किनमेल गर्दै थिइन्,  पुराखबरलाई भनिन्, “एक जना मानिस चिच्याउँदै पसलको ढोकामा आए, र चक्कु झिके।”

उनका अनुसार, “त्यसपछि त्यो कर्मचारीको अनुहार फिक्का भयो र उनी जमिनमा लडे। करिब २५ मिनेटपछि, उनको मृत्यु भएको खबर आयो।”

Pic Source: ABC Darwin

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP