बिहिबार , बैसाख २५, २०८२

जम्मु-कस्मिरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको छ।

आतंककारीहरूले पर्यटकहरूमाथि अन्धाधुन्द गोली चलाउँदा २६ जनाको मृत्यु भएको छ।

दैनिक भास्करका अनुसार मारिएकामा एक इटालियन, एक इजरायली पर्यटक र दुई स्थानीय नागरिक छन्।

बाँकी पर्यटकहरू गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका हुन्।

हमला मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो।

मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागे।

यसैबीच आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ।

घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।

घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ।

हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP