सोमबार , बैसाख ८, २०८२

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले डिनर मिटिङको क्रममा अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ ।

गौतमले ओलीसँग भएको कुराकानीको अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको जानकारी दिएका हुन् ।

गौतमले आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुकमार्फत् सार्वजनिक गरेको कुराकानीको अंशअनुसार खाना खाने क्रम चल्दाचल्दै गौतम बालुवाटारबाट फर्किएका थिए ।

विहीबार बेलुकी आठ बजे ओली र गौतमबीच डिनर मिटिङ भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मिटिङमा ओलीले गौतमलाई पार्टीको काममा फर्किन अनुरोध गरेका थिए ।

तर गौतमले गत फागुन २८ गते ओलीले गरेका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए, जसलाई ओलीले नकारेका थिए । त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन’ भनेर विदा भएका थिए । ‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ,’ गौतमले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP