मंगलबार , अषोज २७, २०८३

Darwin – अष्ट्रेलियामा पूर्वनिर्धारित भोटिङ सुरु हुनुभन्दा एक दिनअगाडि विपक्षी नेता पिटर डटनले अपराध नियन्त्रणलाई चुनावको मुख्य एजेन्डा बनाउने प्रयासस्वरूप नयाँ योजना सार्वजनिक गरेका छन्।

डटनले बाल यौन अपराधीहरूको विवरण सार्वजनिक गर्ने युके-शैलीको दर्ता प्रणाली लागू गर्ने घोषणा गरेका छन्, जसअनुसार आमाबाबुले आफ्नो बच्चाहरूले सम्पर्क गरिरहेका व्यक्तिहरूको विगतमा कुनै बाल यौन अपराधमा संलग्नता रहेको छ कि छैन भन्ने जानकारी लिन सक्नेछन्।

“यो दर्ता प्रणालीको समय आएको छ — अब हाम्रो बच्चाहरूको सुरक्षाका लागि यसलाई कार्यान्वयन गर्ने बेला हो,” डटनले विज्ञप्तिमा भने।

उक्त प्रस्तावित योजनाका लागि ७५० मिलियन डलरको लगानीको घोषणा गरिएको छ, जसले कानून कार्यान्वयन, प्रविधि सुधार, र समुदायमा सुरक्षा वृद्धिमा खर्च गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP