शनिबार , बैसाख ६, २०८२

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४ विकेटले हराएको हो ।

हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायन रिकल्टनले ३१, रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ तथा हार्दिक पान्ड्या र तिलक वर्माले समान २१ रन बनाए ।

हैदराबादका कप्तान प्याट कमिन्सले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए । इशान मलिङ्गाले २ तथा राहुल चहरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए भने हेनरिच क्लासेनले ३७ रन बनाए । ट्राभिस हेडले २८ रनको योगदान दिए ।

मुम्बईका विल ज्याक्सले ३ ओभरमा १४ रन दिएर २ विकेट लिए । ट्रेन्ट बोल्ट, हार्दिक पान्ड्या र जसप्रित बुमराहले १-१ विकेट लिए ।

यस जितपछि मुम्बईको ७ खेलमा ६ अंक भएको छ र अंकतालिकामा सातौं स्थानमा छ भने ७ खेलमा ४ अंक मात्र भएको हैदराबाद नवौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP