मंगलबार , अषोज २७, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका छोराछोरीको सक्कली पार्टी ‘माओवादी केन्द्र’ मात्रै रहेको बताएका छन् । आज (बुधबार) पश्चिम नवलपरासीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी गरिब, उत्पीडित, सामाजिक न्याय र समृद्धिको पक्षमा निरन्तर लडिरहने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो पार्टीबाट विगतमा कमीकमजोरी भएको स्वीकार गर्दै आत्मालोचनासहित जनताको घरमा आएको बताए ।

‘तपाईँहरुको सक्कली, आफ्नै छोराछोरीहरुको पार्टी माओवादी केन्द्रमात्रै हो । माओवादी केन्द्रले केही कमजोरी गर्यो विगतमा भनेपनि तपाईँहरुले के बुझिदिनुपर्यो भने आफ्नै छोराछोरीले गल्ती .गरे, अब त्यस्तो गदैनौं बाआमा भनेर शरण पर्न आए, हामीले एकचोटी फेरि माओवादीलाई नै मौका दिनुपर्छ भनेर हेर्नुहोला । सबै अनुभवसहित यो देशका गरिबहरुको पक्षमा, उत्पीडितहरुको पक्षमा, सामाजिक न्याय र समृद्धिको पक्षमा हामी निरन्तर लडिराख्ने छौं । यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’– उनले भने ।

माओवादीले सुरु गरेको अभियानका क्रममा लाखौं जनसमुदायहरु जोडिइसकेको उनको दाबी छ । पार्टी केन्द्रले विगतमा केही कमीकमजोरी भयो भनेर आत्मालोचनासहित जनतासँग जोडिन आएजस्तै जिल्ला र तल्ला कमिटीहरुले पनि त्यसैगरी जनताको घरघरमा जान र उनीहरुको समस्या समाधान गर्न आग्रह गरे । सहिद र बेपत्ता परिवारलाई अनदेखा नगर्न उनले आग्रह गरे । आफू उमेरले ७० वर्ष पार गरिसक्दा पनि जनताको निम्ति जवान जसरी नै सक्रिय भएर खटिँदै आएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP