बिहिबार , चैत्र २७, २०८१

काठमाडौँ । पछिल्लो एक हप्तामा नेपालमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रुपमा बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मात्र सात दिनको अन्तरमा नेपालमा संक्रमण दर ४५.६१ प्रतिशतले बढेको छ ।

गत वैशाख २ गते नेपालमा पीसीआर परीक्षण गर्दा संक्रमण दर १३.६५ रहेको थियो । बुधबार यो बढेर २५.१० प्रतिशत पुगेको छ । अर्थात् हरेक १ सय जनामा पीसीआर परीक्षण गर्दा २५ जना बढीमा संक्रमण पुष्टि भइरहेको छ ।

याे पनि
देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि
​नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट सक्रिय बनेसँगै संक्रमण दर बढेको जनस्वास्थ्यविद्को भनाइ छ । भाइरसको नयाँ भेटिएन्ट पहिलेभन्दा संक्रामक र घातक रहेको अनुसन्धानले देखाएको छ ।

एक हप्तामा ४३ हजार ९८९ जनामा पीसीआर परीक्षण गर्दा ८ हजार २२३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, एन्टिजेन विधिबाट ४ हजार ५८८ जनामा परीक्षण गर्दा ५१८ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण दर १६.३१ प्रतिशत रहेको पाइएको छ ।

Infogram
एक हप्ताको अवधिमा कोभिड–१९ को संक्रमणबाट ५१ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले बताएको छ ।

हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर बन्दै गएको बताए । ​ यसले नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आह्वान गरे ।

‘संक्रमणको दर अत्यधिक बढेको छ, आज मात्रै २ हजार ३५१ जना नयाँ संक्रमितहरु थपिनु भएको छ । हरेक ४ दिनमा संक्रमण डबल भइरहेको छ’, प्रवक्ता गौतमले भने, ‘हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको छ । अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन, सभा, सम्मेलन, मिटिङ, जात्रा नगर्न र नागरिकको जीवन रक्षा गर्न सघाउन म विशेष अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु