शुक्रबार , भाद्र १२, २०८३

एक साता अगाडि युटुबमा रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ले दर्शकको उल्लेख्य साथ पाएको छ । यो चलचित्रले युटुबमा ७४ लाख भन्दा बढी भ्यूज पाएको छ । विगत ८ दिनदेखि यो चलचित्र युटुबको शिर्ष स्थानमा छ ।

चलचित्रलाई २ लाख ६२ हजार दर्शकले लाइक गरेका छन् । चलचित्रका लागि १७ हजार भन्दा बढी प्रतिक्रिया पनि आएका छन् ।

हलमा ८ करोड माथिको ग्रस कलेक्शन गरेको यो चलचित्रले युटुबमा पनि दर्शकको उल्लेख्य साथ पाएपछि यसको निर्माणपक्ष उत्साहित देखिएको छ । नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

यो चलचित्रलाई एक सातासम्म हरेक दिन १० लाख दर्शकले हेरेका छन् । ९ घन्टामै यो चलचित्र युटुबको नम्बर १ ट्रेन्डिङमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP