सोमबार , अषोज २६, २०८३

पूराखबर – कलाकार विनोद अधिकारीका सिर्जनाहरु केहि समयपछि सार्वजनिक गर्ने गरि तयारि भैरहेको छ । यतिबेला अधिकारीका तीनवटा गीतहरु राजधानीको एम.बी.म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङको काम सम्पन्न भैसकेको छ भने दुईवटा गीतको छायांकन समेत भैसकेको अधिकारीले जानकारी दिए ।

केहि समय अगाडी शिव परियारको स्वरमा रहेको “मुखमा रामराम बगलीमा छुरा” बोलको म्युजिक भिडियो काठमाण्डौ लगायत ललितपुरका विभिन्न रमणीय ठाउँहरुमा छायांकन भएको छ । उक्त गीतमा विनोद अधिकारीकै मुख्य भुमिका छ भने उनलाई अहिलेकी चर्चित अभिनेत्री आयुष्मा कार्की र रबिन पोख्रेलले साथ दिएका छन ।

विपिन आचार्यकै कथा अनि निर्देशनमा चर्चित क्यामराम्यान दुर्गा पौडेलको छायांकन रहेको उक्त गीतको सम्पादन अहिलेका चर्चित सम्पादक विकास ज्ञवालीले गरिरहेका छन्, गीत केहि दिनमा सार्वजनिक हुने छ ।

अधिकारीकै शब्द रचनामा रहेको उक्त गीतमा विपिन आचार्यको संगीत अनि एरेन्ज रहेको छ । चोखो मायामा हुने धोका र विश्वासघातमा आधारित वियोगान्त शब्दहरु समेटिएको छ ।

नेपालका विभिन्न कलेजहरुमा अध्यापन गराउनुका साथै स्नातक तहदेखि विविएस सम्मका लेखा पुस्तक श्रृंखलाका लेखक समेत रहेका अधिकारी विगत सात वर्षदेखि अष्ट्रेलियाको डर्बिनमा श्रीमती सीता पन्त अधिकारी र दुई छोराहरु शुभान्जन र विमोचन अधिकारीका साथमा बस्दै आइरहेका छन ।

सानैदेखि गीत संगीत, साहित्य र समाज सेवामा रुचि भएका अधिकारीका कथा कविता अनि लेखहरु विभिन्न प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित भएतापनि गीत भने रेकर्डिङ गर्ने चाँजोपाँजो नमिलेको उनको भनाई छ । अहिले आएर आफ्नै जन्मभुमि भक्तपुरका विभिन्न ठाउँहरु समेटेको गीतमा आफ्नै स्वर समेत दिएका छन । सधै सक्रिय अनि लगनशील तथा केहि नयाँ काम गर्ने इच्छाशक्ति भएका अधिकारी एक क्षमतावान साहित्य अनि संगीतानुरागी व्यक्ति हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP