शनिबार , भाद्र १३, २०८३

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा हरेक दुई वर्षमा गरिने नेपाल फेष्टिभल आगामी अप्रिल ६ तारिख आईतबार सम्पन्न हुँदैछ । ब्रिसबेनको मुटु किंग जर्ज स्क्वायरमा गरिने नेपाल फेष्टिभल अघि सांस्कृतिक परेडको आयोजना गरिनेछ । एनआरएन क्वीन्सल्याण्डका संयोजक तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाईसीले नेपाल फेष्टिभलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । यस पटकको नेपाल फेष्टिभलमा क्वीन्सल्याण्डका प्रिमियर डेभिड क्रिसाफोली प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । ब्रिसबेनमा आयोजना गरिएका नेपाल फेष्टिभलमा राजनीतिक नेतृत्व सहभागी भएपनि प्रिमियर नै सहभागी भएको भने यो पहिलो पटक हुनेछ ।

यस्तै अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव ब्रिसबेन पुगिसक्नुभएको छ भने अन्य अतिथिहरु पनि अष्ट्रेलियाका विभिन्न राज्यबाट ब्रिसबेन पुग्नेक्रम सुरु भएको छ । नेपाल फेष्टिभलको पूर्वसन्ध्यामा शनिबार साँझ गाला डिनरको आयोजना गरिएको पनि संयोजक गाईसीले जानकारी दिए ।

उनका अनुसार नेपाल फेष्टिभलको परेड आईतबार विहान १० बजे सुरु हुनेछ । परेडमा घिमे बाजा, झाँक्री नाच, कुमारीको रथसहित विभिन्न सामूदायिक संघसंस्था आफ्नो व्यानर र सांस्कृतिक भेषभूषामा उपस्थित हुनेछन् । यस पटकको नेपाल फेष्टिभललाई ११ हजार डलर बहुसांस्कृतिक अनुदान समेत प्रदान गरिएको छ । परेडपछि कार्यक्रमस्थलमा जम्मा भएर नेपाल फेष्टिभलको सांस्कृतिक कार्यक्रम सुरु गरिनेछ ।

दिउँसो ३ बजेदेखि औपचारिक कार्यक्रम सुरु गर्ने र औपचारिक कार्यक्रम पछि नेपालका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । जसमा कन्दरा व्याण्ड, समिक्षा अधिकारी, युवराज चौलागाईं छन् । यस्तै सरगम व्याण्डले पनि आफ्नो प्रस्तुति दिनेछ । नेपाल फेष्टिभलमा दोश्रो पुस्ताका बालबालिकाहरुको प्रस्तुतिलाई विशेष महत्व दिइएको संयोजक गाईसेले जानकारी दिए । विभिन्न सांस्कृतिक प्रस्तुतिहरुमा दोश्रो पुस्ताको उपस्थिति हेर्नलायक हुने उनको भनाई छ ।

एनआरएन अष्ट्रेलियाले यसैवर्ष एडिलेड, मेलबर्न, क्यानबेरा, होबार्टमा नेपाल फेष्टिभल सम्पन्न गरिसकेको छ । त्यसअघि सन् २०२४ मा सिड्नी र पर्थमा नेपाल फेष्टिभ आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP