शुक्रबार , भाद्र १२, २०८३

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच रसाकस्सी देखिएको छ । मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसका लागि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा समिति नै गठन गरेको थियो । उक्त समितिले अहिले गभर्नरको लागि सम्भावित व्यक्तिबारे अध्ययन गरिरहेको बताइएको छ । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको पदावधि सकिन धेरै दिन बाँकी छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणबाट फर्किनेबित्तिकै गभर्नर नियुक्ति गर्ने तयारी रहेको छ ।

यता गभर्नर बन्नका लागि बालुवाटार र बुढानीलकण्ठबी शक्ति संघर्ष नै चलिरहेको छ । नेकपा (एमाले) को तर्फबाट गभर्नरको लागि नीलम ढुंगाना र प्रकाशकुमार श्रेष्ठको नाम फाइनलजस्तै भएको स्रोतले बतायो । ढुङ्गाना राष्ट्र बैंकका डेपुटी गभर्नर र श्रेष्ठ योजना आयोगका सदस्य हुन् ।

त्यस्तै, नेपाली कांग्रेस (बुढानीलकण्ठ) को तर्फबाट भने ज्ञानेन्द्र ढुंगाना, गुणाकार भट्ट, रवीन्द्र पाण्डे र राजेन्द्रकिशोर क्षेत्रीको नाम चर्चामा रहेको छ । ढुंगाना नविल बैंकको सीइओवाट राजीनामा दिएर गभर्नरको लाइनमा बसेका हुन् । त्यसैगरी क्षेत्री पूर्वमुख्यसचिव हुन् । कांग्रेसबाट गभर्नको लाइनमा बलियो उम्मेदवार ढुङ्गाना र क्षेत्री नै रहेको स्रोतको दाबी छ । क्षेत्रीकै अनुकूलताका लागि व्यक्तिअनुसार मापदण्ड बनाइएको भन्दै सरकारको आलोचनासमेत भइरहेको छ । सरकारले गभर्नर नियुक्तिको मापदण्डबाट उमेर हद हटाएको छ । यसअघि गभर्नर नियुक्तिका लागि उमेर हद ६५ वर्ष तोकिएको थियो ।

गभर्नर नियुक्तिको लविङमा अहिले मुख्य शक्तिकेन्द्र बालुवाटार, बुढानीलकण्ठदेखि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, कांग्रेस सांसद्् एवं खर्बपति व्यापारी विनोद चौधरीलागायत सक्रिय रहेका छन् । अर्थमन्त्रीको नेतृत्वमा रहेको सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ । सो मध्येबाट एक जनालाई मन्त्रिपरिाषद्ले गभर्नर नियुक्त गर्नेछ । गभर्नरको विषयलाई लिएर अहिले सत्तारुढ दल कांग्रेस–एमालेमा रसाकस्सी नै छ । कार्यकाल पूरा गरेर अवकाश जान लागेका अधिकारी पनि एमालेनिकट हुन् ।
@repotersnepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP