मंगलबार , बैसाख २९, २०८३

नेपाली बजारमा मंगलबार (चैत १९) सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै लगातार उकालो लागेको छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।

सोमबार (चैत १८) छापावाल सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आजअघि त्यो उच्च मूल्य थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP