शुक्रबार , भाद्र १२, २०८३

चर्चित टेलिसियल ‘सक्किगोनि’को तेस्रो सिजन समाप्त भएको छ। सिरियलका निर्देशक अर्जुन घिमिरेले तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि केही समय विश्राम लिएको बताए।

‘यसबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ‘चौथो’ सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौँ’, उनले भने, ‘ हामीलाई विश्वास छ, यहाँहरूबाट निरन्तर प्रवाह भइरहेको सद्भाव, प्रेम र शुभेच्छामा कुनै कमी आउनेछैन।’

उनले चौथो सिजनका लागि दर्शकसँग प्रतिक्रिया पनि मागेका छन्। उनले भनेका छन्, ‘कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाज शास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ? यहाँहरूबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहनेछौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP