मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले मेलबर्नको ग्लेनरोयमा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूतको नयाँ कार्यालय उद्घाटन गरेकी छिन् । नेपाल फेष्टिभलमा सहभागी हुन यहाँ आएकी राजदूत यादवले आईतबार वाणिज्यदूतको कार्यालय रिबन काटेर उद्घाटन गरिन् । यसका साथै राजदूत यादव र भिक्टोरियाकी सांसद क्याथलिन म्याथ्यूले एकसाथ नेपाल र अष्ट्रेलियाको झण्डोत्तोलन पनि सम्पन्न गरेका छन् ।

नेपालीहरुको बाक्लो बसोबास रहेको ग्लेनरोय क्षेत्रमा नयाँ वाणिज्यदूतको कार्यालय खोलिएको हो । केही समय अघिदेखि सञ्चालनमा आएपनि नयाँ राजदूत आएको अवसर पारेर कार्यालयको उद्घाटन गरिएको हो । उक्त अवसरमा वाणिज्यदुत निराजन गौलीले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सहभागी हुन मेलबर्नमा रहेको नेपाली समूदायका अगुवाहरु उपस्थित थिए ।

कार्यक्रममा बोल्दै पूर्वमहावाणिज्यदुत एवं एनआरएन आईसीसीको उच्चस्तरीय समितिका संयोजक शेष घले, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. एकिन्द्र तिमल्सिना, एनआरएन भिक्टोरियाका उपसंयोजक महादेव धानुक, दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष रोशनी श्रेष्ठ, नारी निकुञ्ज भिक्टोरिया संयोजक राशीसिंह ठकुरी, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा. तिलक पोखरेल, फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन्स ईन अष्ट्रेलिया फेन्काका अध्यक्ष बम योन्जन लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले दूतावासले दिने सेवालाई चुस्त बनाउँदै वाणिज्यदूतको कार्यालयहरुबाट समेत दिने व्यवस्था मिलाउन आग्रह गरेका थिए । उक्त अवसरमा अष्ट्रेलियन अफ दि ईयर एवार्ड प्राप्त ऐश्वर्य कंशाकारलाई सम्मान गरिएको थियो ।

@kbckhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP