सोमबार , असार १५, २०८३

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा हरेक दुई वर्षमा आयोजना हुने गरेको नेपाल फेष्टिभल आज आयोजना हुँदैछ । विहान १० बजेदेखि राति १० बजेसम्म चल्ने नेपाल फेष्टिभल स्थानीय फेडरेसन स्क्वायरमा आयोजना हुन लागेको हो । मेलबर्नको केन्द्रभाग मानिने फेडरेसन स्क्वायरमा नेपाली झण्डा फहराइएको छ भने यहाँकी प्रिमियर जसिन्टा एलान अतिथिको रुपमा सहभागी हुँदैछिन् । राज्यको प्रिमियर नेपाल फेष्टिभलमा अतिथिको रुपमा सहभागी भएको यो पहिलो पटक हो ।

यस्तै नेपाल फेष्टिभलमा सहभागिताका लागि अष्ट्रेलियाका विभिन्न राज्यबाट अतिथिहरु मेलबर्न आइपुगेका छन् । कार्यक्रमस्थलमा नेपाली खाना, नेपाली गीत, संगीतका साथै नेपाली मूलका व्यक्तिहरुले सञ्चालन गरेका विभिन्न व्यापार व्यवसायका स्टलहरु राखिएको छ । शिक्षा सेवा प्रदायक सस्थाहरु, बैंक, रेष्टुरेन्ट, रियलस्टेट कम्पनीहरु लगायतका स्टल नेपाल फेष्टिभलमा देखिनेछ । नेपाल फेष्टिभललाई लक्षित गरेर व्यवसायीहरुले विभिन्न कार्यक्रम पनि आयोजना गर्दैछन् । नेपाल फेष्टिभलमा सहभागी भएकाहरुलाई लक्की ड्रमार्फत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

नेपाल फेष्टिभलमा २० हजारभन्दा बढी दर्शक आउने अपेक्षा छ । दिनभर नेपाली दोश्रो पुस्ताका बालबालिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् भने साँझ कन्दरा व्याण्डले ९ वर्षपछि नेपाल फेष्टिभलमा आफ्नो प्रस्तुत दिँदैछ । यस्तै गायिका समिक्षा अधिकारी, गायक शिव परियारले पनि दर्शकलाई आफ्ना गीतमा झुमाउने योजना छ । एनआरएन भिक्टोरियाका सचिव ससेन्द्र गौतम केसीले सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए । कार्यक्रमस्थलमा शुक्रबारदेखि नै व्यवसायिक स्टलहरु निर्माण कार्य गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP