शुक्रबार , भाद्र १२, २०८३

विपिन कार्की अभिनित एक्सन ड्रामा फिल्म ‘कर्मा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । २ मिनेटको टिजरले कथावस्तु, परिवेश र चरित्र चित्रणबारे संक्षिप्त झलक दर्शाउँछ ।

अभिनेता कार्की एक्सन अवतारमा प्रस्तुत छन् । कुनै गाउँमा सेट गरिएको कथामा विपिनलाई कुनै घटनाले बदला लिन प्रेरित गर्छ । त्यसपछि उनको ‘एंग्री योङ म्यान’ स्वरुप प्रकट हुन्छ ।

टिजरमा विपिनलाई चरित्रका आयाममा पेश गरिएको छ । आमालाई माया गर्ने एक प्रिय छोरा जो परिवारको सुखलाई आफ्नो प्राथमिकता राख्छ । दोस्रो लेयरमा ऊ उत्तिकै विद्रोही र बदलाप्रेरित पनि छ ।

‘नाका’पछि विपिन दोस्रोपटक एक्सन रोलमा देखिएका हुन् । ‘नाका’मा उनी ग्याङस्टर चरित्रमा थिए ।

‘कर्मा’को टिजरमा विपिनसहित मुकुन भुसाल, उपासनासिंह ठकुरी, सरिता गिरी, दिब्यदेव पन्त लगायतलाई फिचर्ड गरिएको छ । एक्सन र ड्रामाको मिश्रणले टिजर रोचक बनेको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालले फिल्ममा लगानी गरेका हुन् । पटकथा लेखक र निर्देशकको रुपमा सौरभ चौधरी छन् । चौधरीले पछिल्लोपटक पुलिस थ्रीलर ‘अगस्त्य’ निर्देशन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP