मंगलबार , बैसाख २९, २०८३

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले सदस्यता खुल्ला गरेको छ । आगामी २ वर्षका लािग सदस्यता शुल्क ३० डलर तोक्दै उसले आजीवन सदस्यता शुल्क २ सय ५० डलर रहेको जनाएको हो ।

संस्थाका महासचिव सन्तोष कुँवरले सदस्यहरुलाई एक जानकारीपत्र पठाउँदै आगामी दुई वर्षका लागि नयाँ सदस्यता र नवीकरण खुल्ला गरिएको जानकारी दिएका हुन् । उनले सदस्यहरुले बुझाएको ३० डलरमध्येबाट केही रकम परोपकारी कार्य सञ्चालनका लागि सोसियल वेल्फेयर फन्डमा जम्मा हुने, केही रकम आईसीसीको लेभीका रुपमा जाने र केही रकम सदस्य रहेको राज्यमा बनिरहेको नेपाली कम्युनिटी सेन्टर निर्माणमा समेत योगदान पुग्ने जनाएका छन् ।

एउटा बलियो नेपाली डायस्पोरा निर्माणको यो अभियानमा जुट्न आह्वान गर्दै एनआरएन अष्ट्रेलियाले यस पटक सदस्य संख्या १४ हजारबाट बढाएर २० हजार बनाउने लक्ष्य राखेको पनि महासचिव कुँवरले जानकारी दिए ।

एनआरएन अष्ट्रेलियाले आईसीसीको एमआईएस सिष्टम मार्फत नै सदस्य बन्नका लागि आह्वान गरेको हो । कुँवरले एनआरएन अष्ट्रेलिया आफ्नै विधान अनुसार चलिरहेको र जुन जुलाईमा नै अधिवेशन गर्नेगरी अघि बढेको जानकारी दिए । जुलाई २०२५ मा एनआरएन अष्ट्रेलियाको दुई वर्षे कार्यकालका लागि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP