सोमबार , अषोज २६, २०८३

नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्क्ष रामराज पोख्रेलले पदभार ग्रहण गर्नुभएको छ । शनिबार एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष पोख्रेलले महासंघमा पदभार ग्रहण गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले नेपाल पत्रकार सबै बिचार समुहको साझा चौतारीका रुपमा महासंघलाई बिकास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले महासंघको निर्वाचनमा आफूलाई जिताउनको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै निर्वाचिनका क्रममा प्रतिस्पर्धीहरुले उठाएका एजेण्डालाई समेत समेटेर अगाडि बढ्ने जानकारी गराउनु भयो ।

त्यस अवसरमा अध्यक्षका प्रतिस्पर्धी दिनेश पाण्डेले नवनिर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै निर्वाचनको समयमा जेजस्तो भएपनि निर्वाचन सकिएपछि पत्रकारका एजेण्डा उठान गर्न र महासंघलाई साझा चौतारीको रुपमा अगाडि बढाउन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु डा. बालकृष्ण चापागाई, बिनोद पहाडी, दिपक ज्ञवाली, निवर्तमान अध्यक्ष यानेन्द्र जिसी, महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित महासचिव बिक्रम खड्का, पत्रकार सम्वद्ध पेशागत संगठनका नेताहरु रेखा भुसाल, लक्ष्मण पौडेल, नरेश केसी, कमल रायमाझी, बिष्णु घिमिरे, डिआर बञ्जाडे, निरु गौतम, कल्पना तिवारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस अवसरमा सचिव पदमा निर्वाचित बिनोद परियारलाई निवर्तमान सचिव रामप्रसाद आचार्यले माईन्यूट हस्तान्तरण गर्नुभएको थियो भने कोषाध्यक्षको खातापाता निवर्तमान अध्यक्ष यानेन्द्र जिसीले नवनिर्वाचित कोषाध्यक्ष सञ्जय सौगातलाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP