सोमबार , अषोज २६, २०८३

परासी : बुटवल नारायणगढ सडकमा पर्ने पूर्वी नवलपरासीको दाउन्ने पहाडबाट यात्रु बस खस्दा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये ५ कोअवस्था गम्भीर छ। उनीहरूको परिचय खुलेको छैन।

बुुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ७००० नम्बरको बस पहाडबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब उपरीक्षक दिलिपकुमार गिरीले बताए।

बसमा ३१ जना यात्रु थिए। उनीहरू सबै घाइते भएका हुन्। सांझ ६ बजे भएको दुर्घटनामा परेर घाइते सबैको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

बस आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हो। घटनालगत्तै दुम्किवास प्रहरीले घाइतेको उद्धार सुरू गरेको ट्राफिक प्रहरी कार्यालयका नायब निरीक्षक मीन कुँवरले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP