मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । उनका अनुसार बैठकमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेका सहरहरुको बारेमा समीक्षा गरिएको थियो ।

बैठकले वैशाख मसान्तसम्म भर्च्यअल अध्ययन अध्यायपन गराउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले कान्तिपुरलाई बताए । आइतबार वा सोमबार बस्‍ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने उनले बताए ।

यस्तै, बैठकले पार्टी,सभा, समारोह तथा गोष्ठी र भेलालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए । सवारी साधान,कार्यालय,सार्वजनिक स्थानहरुमा कडा रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गराउन पनि सरकारलाई सिफारिस गरेको छ ।

विद्यालय बन्द हुने/नहुनेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ । स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको हो । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डीसीसीएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयले अति जोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द गर्न मानेका छैनन् ।

शिक्षा मन्त्रालयले शुक्रबार विद्यालय पुनःसञ्चालन कार्यढाँचा २०७७ अनुसार पालिकाले जोखिमको प्रकृतिअनुसार विद्यालय बन्दको निर्णय गर्ने सक्ने जनाएको थियो । काठमाडौं महानगरपालिकाले भने स्वास्थ्य मन्त्रालयको सुझावपछि शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएका विद्यालयले कम्तीमा एक साता पठनपाठन बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने बताएका थिए । उनले नै डीसीएमसी र पालिकालाई विद्यालय बन्द गर्न सक्ने अधिकार दिइएको जानकारी गराएका थिए ।

गत वर्ष कोरोना महामारीमा देशभरका विद्यालय एकैपटक बन्द गर्दा र खोल्दा अव्यावहारिक भएको भन्दै सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP