मंगलबार , अषोज २७, २०८३

Logo
Australia
COVID 19
KBC Australia
KBC Khabar
kbckhabar
KBC News
Sydney
Victoria
एन्जाको साधारणसभा क्यानबेरामा सम्पन्न, कृष्ण तिवारी अध्यक्षमा निर्वाचित

क्यानबेरा।

अष्ट्रेलियामा रहेका सक्रिय पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनको क्यानबेरामा सम्पन्न साधारणसभाले कृष्ण तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एन्जा उपाध्यक्षमा माधव गैरे, महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सचिवमा तक्दीर अधिकारी, प्रवक्तामा मिलन दाहाल र पब्लिक अफिसरमा कोम खत्री चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा सरल गुरुंग, विनायक अधिकारी, गोपाल छन्त्याल र केदार रायमाझी चयन भएका छन् ।

क्यानबेराबाट राजु अधिकारी, भिक्टोरियाबाट प्रकाश आचार्य र आईटीमा आशिष सापकोटा सम्मिलित निर्वाचन कमिटीले अनलाईन मतदान गराएको थियो । अधिवेशनपछि आयोजना गरिएको कार्यक्रममा अध्यक्ष चिरञ्जीवी देवकोटाले नव निर्वाचित अध्यक्ष तिवारीलाई कार्यभार हस्तान्तरण गरेका थिए । तिवारीले संस्थाको तर्फबाट गएको कार्यकालमा संस्थालाई दिएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

उक्त अवसरमा टीका कार्की सक्रिय पत्रकारिता पुरस्कार २०२५ पत्रकार सरल गुरुङलाई प्रदान गरिएको थियो । नेपाल ट्युबका गुरुङलाई प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र संघीय सांसद डेभिड स्मिथले संयुक्त रुपमा प्रदान गरेका थिए । पुरस्कारसँगै १ हजार डलरको राशी पनि उनलाई हस्तान्तरण गरिएको थियो । उत्कृष्ट पत्रकार छनोटका लागि संस्थाका कानूनी सल्लाहकार टोनु घोताने, समूदायकी अगुवा प्रतिज्ञा अधिकारी, अध्यक्ष चिरञ्जीवी देवकोटा सम्मिलित तीन सदस्यीय छनोट समिति बनाइएको थियो । छनोट समितिले सर्वसम्मत रुपमा निर्णय गरेको थियो । कार्यक्रममा छनोट समितिको तर्फबाट बोल्दै प्रतिज्ञा अधिकारीले समूदायको आवाज बोल्ने पत्रकारहरुलाई प्रोत्साहन गर्ने कार्य सराहनीय भएको बताएकी थिइन् ।

उक्त अवसरमा बोल्दै राजदूत चित्रलेखा यादवले नयाँ कार्यसमितिले संस्थालाई अझ बढी प्रभावकारी रुपमा समूदायको आवाज मुखरित गर्ने कार्यमा लाग्ने अपेक्षा गरेकी थिइन् । साथै उनले समावेशी बनाएर अघि बढ्न सुझाव समेत दिइन् । कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एकाका अध्यक्ष कोमलराज पाठक, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष रमेश पाण्डे, नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक संगीता चापागाईं लगायतले एन्जासँगका सहकार्यको चर्चा गर्दै शुभकामना दिएका थिए । कार्यक्रममा क्यानबेरा र सिड्नीसहित विभिन्न राज्यबाट सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP