मंगलबार , बैसाख २९, २०८३

शरीरमा पानीको मात्रा कति हुन्छ ? कति पानी पिउनुपर्ला ? गर्मी बढेसँगै धेरैलाई पानीको कमीका कारण देखिने समस्याले सताउन सक्छ । त्यसैले आज हामीले यहाँ शरीरमा पानीको आवश्यकता र प्रशस्त पानी कमीका कारण आउन सक्ने समस्याको बारेमा केही जानकारी प्रस्तुत गरेका छौँ ।

\
हाम्रो शरीरमा पानीको मात्रा फोक्सोमा ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ ।

यकिन रुपमा मानिसलाई यति नै पानी चाहिन्छ भन्न नसकिएतापनि प्रत्येक मानिसलाई साधारणतया दैनिक रूपमा तीन देखि चार लिटर पानी आवश्यक पर्छ । तर यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था, व्यक्तिको शारिरीक बनोट,व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ।

चिकित्सक भन्छन्, ‘धेरै पानी पिउँदा पनि र कम पानी पिए दुवै स्वास्थ्यको लागि जोखिमपूर्ण हुन्छ ।’

उभिएर भन्दा बसेर पानी पिउनु राम्रो हुन्छ ।

एकैपटक धेरै पानी पिउनु राम्रो होईन ।

पानी ग्लासमा राखेर पिएर खानु राम्रो हुन्छ।

कहिले धेरै, कहिले थोरै पानी पिउनुहुँदैन ।

खानेकुरा र पानीको मात्रा मिलाएर खानेपिउने गर्नुपर्छ। तर खाना खाजा लगत्तै धेरै पानी पिउनु हुँदैन ।

पसिनाबाट वा पिसाबबाट जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ।

गर्मीयाममा पानीसँगै झोल पदार्थ भएका खानेकुरा, फलफूल, सागपात, रसिलो फलफूल खानुपर्छ ।

पानीले बल, आय, आरोग्यता र पौष्टिकता प्रदान गर्छ। पेट सफा गर्न पानीको महत्वपूर्ण भूमिका रहन्छ । पटक–पटक गरी दिनभर पिएको पानीले क्यान्सरका सेललाई समेत बाहिर निकाल्छ। भनिन्छ, स्वच्छ पिउने पानी ठिक ढङ्गले सेवन गरे र दैनिक कम्तिमा तीन लिटर पानी पिएको खण्डमा क्यान्सरलगायत पेटसम्बन्धी विभिन्न रोगबाट मुक्ति पाइन्छ।

पानिको उचित प्रयोगले धेरै विकार नष्ट हुन्छन्। दिसापिसाब, पसिना, थुकलगायत माध्यमबाट शरीरको पानी बाहिरिन्छ ।

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गान खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । स्वस्थ छालाका लागि पनि शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP