मंगलबार , बैसाख २९, २०८३

पर्यटकीय नगर पोखरामा यहि फागनु ३ गते आयोजना हुने १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई विश्वका विभिन्न देशस्थित संघसंस्था सहित अष्ट्रेलिया संयोजक चन्द्र प्रकाश गुरुगंले एक कार्यक्रमका बीच संकलित सहयोग रकम हस्तान्तरण गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखराले सोमबार संयूक्त रुपमा आयोजना गरेको सम्मान तथा रकम हस्तान्तरण कार्यक्रममा उहॉले सो रकम हस्तान्तरण गरेका हुन्

 

 

गुरुगंले पुराखबर संग बताय अनुसार अष्ट्रेलियबाट १७५१ डलर संकलन भएको हो। सहयोग गर्ने हरुमा वेल्थम्याक्स होमलोन, के बि ए ग्लोबल , अजि होम फाईनान्स , ल्याण्ड एण्ड लिज रियाल्टी, पोखरा भलिबल क्लब, द गोर्खा स्पोर्ट्स क्लब, एक्टिभ मोर्टगेज एण्ड फाईनान्स, सिडनी कलेज अफ मैनेजमेंट,अस्मिता गुरुग योगिज वे क्याफे र अन्जिल गुरुगं छन।
गुरुगंका श्रीमती दशमी गुरुगंले आफ्नो ब्यक्तीगत तर्फबाट रुपैयॉ पचास हजार र सामाजिक संजालमा रहेका साथीहरुबाट संकलित गरि जम्मा तीन लाख पैसठी हजार दुईसय अठासी आयोजक समक्ष बुझाए। रकम संकलन माघ मसान्त सम्म खुला रहने हुनाले अझै केहि थप रकम संकलन हुने जानकारी गुरुगंले गरे।
कार्यक्रममा आफ्नो मन्तब्यको क्रममा पोखरा अन्तराष्ट्रीय म्याराथनका मुख्य आयोजक नेपाल भुतपुर्व खेलाडि मन्चले भर्खरै संचालन गर्न लागेको मासिक र साप्ताहिक ५ किमि दैडको खुलेर प्रशंसा गरे साथै यसपटक आफु मार्फत संकलित रकम यही मासिक दौड संचालनका लागि खडागरिएको अक्षयकोषमा प्रयोग गर्न अनुरोध गरे।
गुरुगं ले यसपटक पनि फुल म्याराथोनमा भाग लिदैछन। यो उनको तेश्रो पटक हो। यसअघि दुई बर्ष सम्म अष्ट्रेलिया बाट आर्थिक सहयोग साथै फुल म्याराथोन मा सहभागी भैसकेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP