सोमबार , अषोज २६, २०८३

बालश्रम शोषण गरेको आरोप लागेकी एमाले नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य रेर्खा शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ । महान्यायाधिवक्ता कार्यालले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । सरकारको त्यस्तो निर्णयको विरुद्ध प्रतिनिधि सभामा समेत प्रतिपक्षी दलका सांसदहरुले प्रश्न उठाइरहेका छन् ।

एमाले नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य शर्मामाथि आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेको थियो । बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । गत जेठ १४ गते काठमाडौंको बालुवाटारस्थित सांसद शर्माको घरबाट ती बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो ।

महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो। महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो ।

सरकारले सांसद शर्मामाथि मुद्दा नचलाउने निर्णय गरेसँग काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले ती बालिकालाई नआत्तिन भनेका छन् । उनले बालिकालाई सम्बोधन गर्दै भनेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ । यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP