बिहिबार , जेठ ९, २०८२

बालश्रम शोषण गरेको आरोप लागेकी एमाले नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य रेर्खा शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ । महान्यायाधिवक्ता कार्यालले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । सरकारको त्यस्तो निर्णयको विरुद्ध प्रतिनिधि सभामा समेत प्रतिपक्षी दलका सांसदहरुले प्रश्न उठाइरहेका छन् ।

एमाले नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य शर्मामाथि आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेको थियो । बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । गत जेठ १४ गते काठमाडौंको बालुवाटारस्थित सांसद शर्माको घरबाट ती बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो ।

महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो। महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो ।

सरकारले सांसद शर्मामाथि मुद्दा नचलाउने निर्णय गरेसँग काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले ती बालिकालाई नआत्तिन भनेका छन् । उनले बालिकालाई सम्बोधन गर्दै भनेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ । यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP