सोमबार , अषोज २६, २०८३

लिबर्टी कलेजको आयोजना र केबीए ग्लोबलको सहकार्यमा अन्तरकलेज क्रिकेट प्रतियोगिता ‘केबीए ग्लोबल क्रिक्सल क्ल्यास’ हुने भएको छ। प्रतियोगिता आगामी फेब्रुअरी १३–१४, २०२५ मा भेलोसिटी एरिनामा आयोजना गरिनेछ।

प्रतियोगितामा नेपालभरका विभिन्न कलेजका २० टिमले सहभागिता जनाउनेछन्। नकआउट आधारमा सञ्चालन गरिने यस प्रतियोगितामा प्रत्येक खेल सात ओभरको हुनेछ।

प्रतियोगितामा बिजेता टिमले ४५ हजार नगद पुरस्कार, सिल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार नगदसहित समान पुरस्कार पाउनेछ। अन्य उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिनेछ।

प्रेस मिट कार्यक्रममा आयोजक तथा विभिन्न प्रतिनिधिहरूले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै, खेलकुदले विद्यार्थीहरूको नेतृत्व विकास, अनुशासन र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुर्‍याउने बताए।

केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेशनका निर्देशक शम्भु कँडेलले यस किसिमको प्रतियोगिताले खेलाडीहरुको खेलको थप विकास हुने बताए । ‘हामी नेपालका युवा खेलाडीहरूलाई एउटा विशेष अवसर प्रदान गर्न पाउँदा अत्यन्त उत्साहित छौं। खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउने मात्र नभई विद्यार्थीहरूलाई व्यावसायिक तथा व्यक्तिगत जीवनमा सफल हुन मद्दत गर्छ, ‘कँडेलले भने’

लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले प्रतियोगिताले विद्यार्थीहरूलाई खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नै बताए । ‘हाम्रो कलेज सर्वाङ्गीण शिक्षा प्रणालीमा विश्वास राख्छ, ‘उनले भने, ‘यस प्रतियोगिताले विद्यार्थीहरूलाई खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।’

कार्यक्रममा केबीए ग्लोबलका प्रमुख संयोजक प्रमेश तिवारीले खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताको ट्रफी अनावरण गरेका थिए।

प्रतियोगिता आगामी फेब्रुअरी १३, २०२५ मा भेलोसिटी एरिनामा औपचारिक रूपमा उद्घाटन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP