मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। चेल्सी वर्ल्ड स्कुलले अन्तरविद्यालय बास्केटबल र ब्रम्हकुञ्ज शिक्षा सदनले फुटबल प्रतियोगिताको उपाधि जितेको छ। चेल्सी वर्ल्ड स्कुलको आयोजनामा चौथो अन्तर विद्यालय फुटसल र बास्केटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको हो।
गोकर्णेश्वरको अत्तरखेलमा माघ ७ गतेबाट प्रतियोगिता सुरु भएको थियो।
प्रतियोगितामा ब्रम्हकुञ्ज शिक्षा सदनले फुटसलतर्फ यू-१० र यू-१३ उमेर समूहमा चेल्सी वर्ल्ड स्कुललाई पराजित गर्दै च्याम्पियन बन्यो। निस्ट स्कुलले फेयरप्ले अवार्ड पायो।
फाइनलमा चेल्सीका नर्बु साङबो म्यानअफदी म्याच हुँदा ब्रम्हकुञ्जका विश्वास गिरी प्रतियोगिताको उच्च स्कोरर, चेल्सीका समृद्ध कुँवर उत्कृष्ट गोलकिपर र चेल्सीकै रेयन श्रेष्ठ प्लेयरअफदी टुर्नामेन्ट बने। यू-१० मा ड्याफोडिलले फेयर प्ले पायो।
त्यस्तै फाइभभीफाइभ बास्केटबलमा चेल्सीले चान्दबाघ स्कुललाई हराएर च्याम्पियन बन्यो। नेमोनिक स्कुल फेयर प्ले अवार्ड पायो। चेल्सीका तेन्जिङ खुसाङ शेर्पा फाइनलको म्यानअफदी म्याच बन्दा डेनिसा थाा मस्ट भ्यालुएबल खेलाडी बनिन्।
थ्रीबाइथ्री बास्केटबलमा भने बाल दीक्षा सदनलाई हराउँदै बौद्ध इन्टरनेशनल स्कुलले बाजी मार्‍यो। त्यस्तै थ्रीबाइथ्री टिचर बास्केटबलमा मिल्स बेरी स्कुलले चेल्सीलाई हराउँदै च्याम्पियन बन्यो।

यसैगरी छात्रातर्फको बास्केटबल प्रतियोगितामा चेल्सी वर्ल्ड स्कुलले चाँदबाग स्कुललाई फाइनल खेल हराउँदै उपाधि चुमेको छ।
यसबाहेक विभिन्न विधामा खेल भएका थिए।
उक्त प्रतियोगितामा प्रमुख अत्तिथि नेपाल बास्केटबल एसोसियसनका अध्यक्ष भिमसिंह गुरुङ्ग, फुटबल प्रशिक्षक चक्र लामा, अत्तरखेलका जोरपाटी-८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, प्रिन्सिपल छम्बा डोल्मा लगायतको उपस्थिति थियो।

https://www.facebook.com/share/p/19DWTj2gyY/

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP