आइतबार , जेठ २६, २०८२

काठमाडौं। चेल्सी वर्ल्ड स्कुलले अन्तरविद्यालय बास्केटबल र ब्रम्हकुञ्ज शिक्षा सदनले फुटबल प्रतियोगिताको उपाधि जितेको छ। चेल्सी वर्ल्ड स्कुलको आयोजनामा चौथो अन्तर विद्यालय फुटसल र बास्केटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको हो।
गोकर्णेश्वरको अत्तरखेलमा माघ ७ गतेबाट प्रतियोगिता सुरु भएको थियो।
प्रतियोगितामा ब्रम्हकुञ्ज शिक्षा सदनले फुटसलतर्फ यू-१० र यू-१३ उमेर समूहमा चेल्सी वर्ल्ड स्कुललाई पराजित गर्दै च्याम्पियन बन्यो। निस्ट स्कुलले फेयरप्ले अवार्ड पायो।
फाइनलमा चेल्सीका नर्बु साङबो म्यानअफदी म्याच हुँदा ब्रम्हकुञ्जका विश्वास गिरी प्रतियोगिताको उच्च स्कोरर, चेल्सीका समृद्ध कुँवर उत्कृष्ट गोलकिपर र चेल्सीकै रेयन श्रेष्ठ प्लेयरअफदी टुर्नामेन्ट बने। यू-१० मा ड्याफोडिलले फेयर प्ले पायो।
त्यस्तै फाइभभीफाइभ बास्केटबलमा चेल्सीले चान्दबाघ स्कुललाई हराएर च्याम्पियन बन्यो। नेमोनिक स्कुल फेयर प्ले अवार्ड पायो। चेल्सीका तेन्जिङ खुसाङ शेर्पा फाइनलको म्यानअफदी म्याच बन्दा डेनिसा थाा मस्ट भ्यालुएबल खेलाडी बनिन्।
थ्रीबाइथ्री बास्केटबलमा भने बाल दीक्षा सदनलाई हराउँदै बौद्ध इन्टरनेशनल स्कुलले बाजी मार्‍यो। त्यस्तै थ्रीबाइथ्री टिचर बास्केटबलमा मिल्स बेरी स्कुलले चेल्सीलाई हराउँदै च्याम्पियन बन्यो।

यसैगरी छात्रातर्फको बास्केटबल प्रतियोगितामा चेल्सी वर्ल्ड स्कुलले चाँदबाग स्कुललाई फाइनल खेल हराउँदै उपाधि चुमेको छ।
यसबाहेक विभिन्न विधामा खेल भएका थिए।
उक्त प्रतियोगितामा प्रमुख अत्तिथि नेपाल बास्केटबल एसोसियसनका अध्यक्ष भिमसिंह गुरुङ्ग, फुटबल प्रशिक्षक चक्र लामा, अत्तरखेलका जोरपाटी-८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, प्रिन्सिपल छम्बा डोल्मा लगायतको उपस्थिति थियो।

https://www.facebook.com/share/p/19DWTj2gyY/

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP