शुक्रबार , भाद्र १२, २०८३

बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । चारजना मृतकको सनाखत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा टिप्पर​का सह–चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् । उनीहरु दुवै कोहलपुर–१२ बस्दै आएका थिए ।

सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका– १० घर भएका छत्रबहादुर कटुवाल छन् । दुर्घटना ज्यान गुमाएकी करिब ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना अ क–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP