शुक्रबार , भाद्र १२, २०८३

‘कार्साङ’ प्रिमियर अभिनेता जितु नेपालका लागि खास रह्यो । यो फिल्मा उनको अभिनयले प्रशंसा पाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीदेखि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जितुको अभिनयको प्रशंसा गरे ।

दीपाश्रीले जितुको अभिनय पछिल्ला फिल्मपिच्छे उत्कृष्ट बन्दै गएको बताइन् । ‘एकपछि अरु फिल्ममा भाइले जीवन्त अभिनय गर्नुभएको छ,’ सञ्चारकर्मीसँग उनले भनिन्, ‘एकपछि अर्को फिल्ममा उहाँले क्यारेक्टर चेन्ज गर्नुभएको छ ।’

यस्तै किसिमको अभिनय गर्दै जान जितुलाई उनले शुभकामना समेत दिइन् । ‘छक्कापञ्जा’ सिरिजदेखि जितु जीवन्त कलाकारको रुपमा अघि आएको दीपाको भनाइ थियो ।

यसअघि ‘छक्कापञ्जा’ र टिभी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’मा दीपाश्री र जितुले सहकार्य गरेका थिए । त्यसपछि उनीहरू व्यावसायिक रुपमा अलग देखिए । गत महिना अमेरिकाको सानफ्रान्सिस्कोमा आयोजित गोल्डेन फिल्म अवार्डमा पनि यी दुईजना सँगै सहभागी थिए ।

अवार्डबाट प्राप्त भिडियो र तस्वीरमा यी दुईको हार्दिकता देखिन्थ्यो । त्यसपछि फ्यानले सामाजिक सञ्जालमा यी दुई कलाकारबीच पुनः सहकार्य हुन लागेको भन्दै टिप्पणी गरिरहेका छन् । ‘ज्वाइँ साब’को प्रवर्द्धनका क्रममा पनि जितुले भविष्यमा आफू पुनः ‘छक्कापञ्जा’ टिमसँग देखिन सक्ने बताएका थिए ।

यसपटक पनि दीपाश्रीले ‘कार्साङ’ प्रिमियरमा खुलेर दीपाश्रीले जितुको प्रशंसा गरेकी छन् । यसबारेका भिडियोमा प्रशंसकले यी दुईलाई पुनः एकसाथ सहकार्य गरेको हेर्ने अपेक्षा गरेका छन् ।

बुधबार साँझ फिल्म हेर्न बोर्ड अध्यक्ष डिसी, कलाकारहरु केदार घिमिरे, किरण केसी, अनुप बराल, विप्लव प्रतीक, कमल खत्री, मेलिना मैनाली लगायत बिग मुभिजमा पुगेका थिए । फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्देशक याम शेर्पाले बताए ।

‘कार्साङ’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP