शुक्रबार , भाद्र १२, २०८३

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने आफ्ना सांसदसँग एमाले संसदीय दलले स्पष्टीकरण माग गरेको छ र कारबाही गर्न सिफारिस गरेको छ ।

शुक्रबार पार्टी संसदीय दलको ह्वीप उल्लंघन गरी ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

प्रदेशसभाको बैठकपछि शुक्रबार साँझ बसेको एमाले संसदीय दलको बैठकले फ्लोर क्रस गर्ने सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गर्न पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

त्यस्तै ह्वीप उल्लंघन गर्नेहरुसँग स्पष्टीकरण पनि माग गरिएको एमाले सांसद सुशील थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP