सोमबार , असार १५, २०८३

अस्ट्रेलियामा रहेका नेपाली पत्रकारको साझा संगठन अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसिएसन (एञ्जा) को तेश्रो अधिवेशन फेब्रुअरी महिनाको २१ र २२ तारिख शुक्रबा र शनिवार अस्ट्रेलियाको राजधानी क्यानबेरामा हुने भएको छ । एञ्जा कार्यसमिति बैठकले अधिवेशनको स्थान र मिति तय गरेको हो ।

अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एञ्जा अध्यक्ष चिरञ्जिवी देवकोटाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि तयारी शुरु गरिएको जानकारी दिनुभयो । देवकोटाले अधिेशनको मिति घोषणासँगै २४ महिनादेखि खुल्ला रहेको नयाँ सदस्यता आवेदन बन्द गरिएको र सदस्यता नवीकरणका लागि जनवरी २५ तारिखसम्मको समय तोकिएको बताउनुभयो ।
एञ्जाले अधिवेशन सफल बनाउन अध्यक्ष चिरञ्जीवी देवकोटा संयोजक रहने र तीनै उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता तथा पब्लिक अफिसर सम्मिलित तयारी समिति गठन गरेको छ । यस्तै कार्यक्रमस्थलको टुंगो लगाउन तथा आयोजनाका लागि आवश्यक आर्थिक संयोजनको निम्ति उपाध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा विनायक अधिकारी, गणेश भट्ट र खगेन्द्र सत्याल सदस्य रहेको उपसमिति निर्माण गरिएको छ । उक्त समितिले अधिवेशनको आयोजना लागि हल तथा आर्थिक व्यवस्थापनको ।काम गर्ने महासचिव नारायण खड्काले बताउनुभयो ।
यसैगरि हरेक दुई वर्षमा अष्ट्रेलियामा क्रियाशील पत्रकारमध्ये एकजनालाई प्रदान गरिँदै आएको स्वर्गीय टीका कार्की स्मृति पुरस्कार वितरणको लागि संस्था का अध्यक्ष देवकोटा , कानुनी सल्लाहका र टोनु घोताने र समुदायकी सक्रिय अगुवा प्रतिज्ञा अधिकारी सम्मिलित छनोट समिति गठन गरिएको छ । एन्जाले आफ्नो सदस्यता शुल्कलाई १०० डलर बनाएको छ

यस्तै अधिवेशनमा सहभागिता शुल्क थप १ सय लिने निर्णय पनि कार्यसमितिले गरेको हो ।
अघिल्लो वर्ष ब्रिसबेनमा सम्पन्न भएको विधान अधिवेशनले तोके बमोजिम पत्रकारिता गरेका तर हाल सक्रिय नरहेका आफ्ना सदस्यहरुलाई संस्थाले एन्जा काउन्सिलमा समेट्ने तयारी गरेको छ । काउन्सिल सदस्यहरुले भने ५० डलर मात्र सदस्यता शुल्क तिर्नुपर्नछ ।एन्जा अष्ट्रेलियामा सक्रिय पत्रकारहरुको पहलमा सन् २०१९ मा स्थापना गरिएको हो । एन्जालाई नेपाल पत्रकार महासंघले आफ्नो आधिकारिक प्रतिनिधि संस्थाको मान्यता दिएको छ ।

@KBCKHABAR

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP