सोमबार , अषोज २६, २०८३

अष्ट्रेलियाको नर्दन टेरोटोरी अन्तरगत रहेको डार्बिनमा पनि नेपाली टोपी दिवस एक समारोहका बिच सम्पन्न भएको छ।


नेपालीहरुको संस्था NANT र प्रवासी नेपालीहरुको संस्था NRNA NT को सयुक्त आयोजनामा मरारा स्थित फिलिपिनो हलमा गरिएको उक्त टोपी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि MCNTका अध्यक्ष Dr. Edwin Joseph ले नेपाली कल्चर आफुलाई निकै मन परेको र आज झन नेपालीहरुको राष्ट्रिय पहिचान टोपी दिवसमा सहभागी जनाई त्याे टोपी आफ्नो शिरमा लगाउन पाउने अवसर जुराईदिनु हुने सबै नेपाली दाजुभाइ दिदीबहिनीमा धेरै धेरै शुभकामना सहित धन्यवाद सहितको मिठो मन्तब्य राख्नु भयो भने NT कि MLA Oly Carloson ले पनि आफुलाई बिशिस्ट अतिथिको रुपमा यस्तो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउदा आफुलाई निकै गर्वको महशुस भएको भन्दै नयाँ वर्ष तथा टोपी दिवसको शुभकामना दिजुभएको थियो ।कार्यक्रममा श्रीलंकन एसोसिएसन कि सभापति रन्जनाले पनि शुभकामना सहित आफ्ना भनाई राख्नु भएको थियो ।
आफ्ना छोराछोरी नातिनातिना भेट्न आउनुभएका बुवाआमा र नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम लाई सम्बोधन गर्दै NRNA NT का पुर्व अध्यक्ष बिष्णु चापागाईंले नेपाली टोपीको इतिहास बारे प्रष्ट पार्दै हजुरबुबाहरुले टोपीको प्रयोग कसरी गर्थे र टोपीको ढल्काई अनुसार मानिस कस्तो स्वभावको हो भन्ने थाह हुन्थ्यो भन्दै रमाइलो प्रसङ्ग सहित आफ्ना भनाइ राख्नु भएको थियो ।


यसै अवसरमा NRNA NT का वर्तमान अध्यक्ष सन्जिब गोर्खाली , NANT का अध्यक्ष प्रतिभा देवकोटा , NRNA NT का सचिब त्रिलोचन सापकोटाले नयाँ वर्षको शुभकामना सहित टोपी दिवसका बारेमा कहिलेवाट टोपी दिवस मनाउन थालिएको हो भन्ने वारे जानकारी दिदै आ – आफ्ना भनाई राख्नु भएको थियो।
के बच्चा , के जवान, के महिला प्राय सबै सबै नै कोही ढाकाटोपीमा, कोही भादगाउँले टोपीमा सजिएर आउनुभएका नेपाली हरुको सहभागीताले कार्यक्रम निकै रोचक र रमाइलो भएको थियो ।

अभिभावकको तर्फबाट शुभकामना दिदै भिजिटर ग्रूपका अध्यक्ष चिरन बरालले आफ्ना भनाई राख्दै टोपी सम्बन्धि लेखिएको राष्ट्रिय गीत प्रस्तुत गर्दा माहोल रोमान्चित बनेको थियो ।
कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रम लाई बडो उत्साहितपुर्ण तरिकाले उक्त कार्यक्रमकाे सन्चालन NANT कि सचिब कल्पना पाण्डेयले गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP