मंगलबार , अषोज २७, २०८३

परोपकारी संस्था, हेल्प नेपाल नेटवर्क, को २५औँ वार्षिकोत्सव (रजत महोत्सव) तथा ग्लोबल मिट सम्पन्न भएको छ ।

शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा हेल्प नेपालले परोपकारिताका क्षेत्रमा समर्पित व्यक्ति तथा संस्थालाई अभिनन्दन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुईतले वरिष्ठ हृदयरोग विशेषज्ञ तथा बाल मुटु अस्पतालको निर्माण अभियानमा समर्पित डा। भगवान कोइरालालाई अभिनन्दन गरे ।

त्यस्तै डा। रुईतले ‘मानव सेवा आश्रम’ हेटौंडाका समाजसेवीहरू रामजी अधिकारी तथा सुशीला (रुपा) केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित ‘विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी)’की संस्थापक तथा समाजसेवी सविता उप्रेतीलाई अभिनन्दन गरे ।

उक्तअवसरमा हेल्प नेपालले समाजसेवी विर्खबहादुर रोकाया, कर्णबहादुर बुढा, डा. अरुणा उप्रेती, भरत कोइराला, सूर्यनारायण यादव, किरण भण्डारी, नन्दकृष्ण जोशी र देवेन्द्र बस्नेतलाई कदर पत्र प्रदान ग-यो ।

सोही अवसरमा नेटवर्कले संस्थालाई नेटवर्कका लागि अक्षय कोष स्थापना गर्न नगद राशि सहयोग गर्ने सिद्धार्थ राणा, डा. रुद्र पाण्डे, डा. उपेन्द्र महतो, जीवा लामिछाने, महन्त श्रेष्ठ, एलिशन, स्व. मनोज बस्नेत, भण्डारी ब्रदर्श, डा स्वर्णिम वाग्ले, सारिका मिश्र, रवीन्द्र मिश्र, अनिल थापा, डा. सुन्दरमणि दीक्षित, चन्द्र योञ्जन, वीरेन्द्रबहादुर बस्न्यात, स्व. पूर्णमानसिंह बस्नेत, सुविन बराल, श्रद्धा टन्डन, बद्रीप्रसाद पाण्डे, डा. प्रणव ज्ञवाली, शम्भु दहाल, शिव सैँजु, रोशन सापकोटा, चिरञ्जीवी ढकाल, उद्धव भट्टराई समेत २५ जनामध्ये कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि डा. सन्दुक रुईतले हेल्प नेपाल नेटवर्कले गरेको कामको प्रशंसा गर्दै संस्थाले डायस्पोरालाई फूलको माला झैँ बनाएर राखेकोमा खुसी व्यक्त गरे । “आज नेपालीहरू संसारको कुनाकुनामा पुग्नु भएको छ । तपाईंहरु नेपालको बौद्धिक सम्पत्ति हुनुहुन्छ । हामीलाई सुशासन साथै सुसंस्कार पनि सिकाउनु होला,ू उनले भने।

नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले २५ वर्षसम्म साथीहरूबाट मिलेको सहयोग र सद्भावको चर्चा गर्दै आगामी दिनमा पनि त्यही गतिमा काम गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।
अभिनन्दित व्यक्तित्वहरू डा। भगवान कोइराला, सविता उप्रेती र रामजी अधिकारीले यो अभिनन्दनले आफूहरूलाई समाज सेवामा लागि रहन थप प्रेरणा र उर्जा मिलेको बताए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले नेपालीहरूले देश बनाउने संकल्प गरे देश अवश्य बन्ने धारणा राखे । संस्थाका सल्लाहकार पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले हेल्प नेपालसँग जोडिने विश्वभरिका नेपालीप्रति आभार व्यक्त गरे ।

सोही अवसरमा नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेलले प्रवासमा बसेर ृपनि नेपालमा रचनात्मक सेवा गर्न सकिन्छ भन्ने उदाहरण हेल्प नेपाल नेटवर्कले प्रस्तुत गरेको बताए। उनले परोपकारी अभियानमा जोडिन सबैलाई अपिल पनि गरे ।
उक्तअवसरमा डा। लता घिमिरे, रघु त्रिपाठी, अष्ट्रेलिया बाट आएका वैज्ञानिक डा। राजु अधिकारी तथा हर्ष गौतमले हेल्प नेपालसँगको आवद्धता र यस्ले गरेका कामका बारेमा चर्चा गरे ।
व्यावहारिक परोपकारमा विगत २५ वर्षदेखि क्रियाशील हेल्प नेपाल नेटवर्कले मुगुको मुर्मामा हेल्थ पोस्ट, धुलिखेलमा बाल गृह सञ्चालन गर्दै आएको छ भने शिक्षा, स्वास्थ्य र आपतकालीन विपद्को परिस्थितिमा सेवा र सहयोग गर्दै आएको छ ।

ग्लोबल मीटमा अध्यक्ष अरुणसिंह बस्नेतले ग्लोबल कोअर्डिनेसन समिति गठन गरिएको जानकारी गराए । समितिको अन्तराष्ट्रीय अध्यक्ष मा अष्ट्रेलियाका डिला खरेल रहेका छन् भने अन्य जिम्मेवारीमा भगीरथ योगी, डा। राजु अधिकारी र रोशेन्द्रध्वज खड्का रहेका छन् l

@Kbckhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP