आइतबार , जेठ १२, २०८२

गरीमा विकास बैंक, चापाकोट शाखाले सहकारी संस्थाका सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ। बैंकको आयोजनामा चापाकोट नगरपालिका वडा नम्बर ८ क्वामीमा रहेको रत्नपुर साना किसान कृषि सहकारी संस्थाका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको हो।

सहकारीका अध्यक्ष जीवन डोटेलको अध्यक्षता र गरिमा विकास बैंक वालिङ क्षेत्रीय कार्यालयका प्रमुख लेखनाथ भट्टराई प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा प्रशिक्षक तथा सहजकर्ताको रूपमा गरिमा विकास बैंक चापाकोट शाखाका शाखा प्रमुख कृष्ण प्रसाद रेग्मीले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षक रेग्मीले वित्तीय ज्ञान हरेक व्यक्तिलाई आवश्यक रहेको साथै बचत,कर्जा,पारिवारीक बजेट,बजेट योजना,डिजिटल बैंकिङ प्रयोग तथा महत्त्वका विविध विषयमा प्रष्ट पार्नुभएको थियो।

कार्यक्रममा सहकारीका उपाध्यक्ष शालिकराम आचार्य, अध्यक्ष कमल प्रसाद पौडेल , वडा अध्यक्ष टोपलाल न्यौपानेले आफ्नो मन्तव्य राख्दै बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो । त्यस्तै सहभागीको तर्फबाट लक्ष्मी न्यौपाने र डोलराज आचार्यले बैंकले वित्तीय साक्षरता कार्यक्रम आफ्नै टोलमा सिक्न पाएकोमा खुशी व्यक्ती गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथी लेखनाथ भट्टराईले गरीमा विकास बैंकले आफ्नो सेवाका अलावा समाजमा आर्थिक सचेतना फैलाउने काम देशका विभिन्न ठाउँमा गर्दै आएको बताउनुभयो। यसै अवसरमा सबैकोको माझमा आफुहरु आएको कुरा बताउँदै उहाँले सबैकुरा बुझेर मात्र आर्थिक कारोबार गरेमा आर्थिक बोझबाट बच्न सकिने भनाई राख्नुभएको थियो। सहकारीका अध्यक्ष जिवन डोटेलले आफ्नो संस्थाको आग्रहलाई स्वीकार गरेर आफ्ना सहकारीका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम मार्फत अझ उत्प्रेरित गरिदिएकोमा बैंक प्रति आभार प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP