सोमबार , अषोज २६, २०८३

गरीमा विकास बैंक, चापाकोट शाखाले सहकारी संस्थाका सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ। बैंकको आयोजनामा चापाकोट नगरपालिका वडा नम्बर ८ क्वामीमा रहेको रत्नपुर साना किसान कृषि सहकारी संस्थाका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको हो।

सहकारीका अध्यक्ष जीवन डोटेलको अध्यक्षता र गरिमा विकास बैंक वालिङ क्षेत्रीय कार्यालयका प्रमुख लेखनाथ भट्टराई प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा प्रशिक्षक तथा सहजकर्ताको रूपमा गरिमा विकास बैंक चापाकोट शाखाका शाखा प्रमुख कृष्ण प्रसाद रेग्मीले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षक रेग्मीले वित्तीय ज्ञान हरेक व्यक्तिलाई आवश्यक रहेको साथै बचत,कर्जा,पारिवारीक बजेट,बजेट योजना,डिजिटल बैंकिङ प्रयोग तथा महत्त्वका विविध विषयमा प्रष्ट पार्नुभएको थियो।

कार्यक्रममा सहकारीका उपाध्यक्ष शालिकराम आचार्य, अध्यक्ष कमल प्रसाद पौडेल , वडा अध्यक्ष टोपलाल न्यौपानेले आफ्नो मन्तव्य राख्दै बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो । त्यस्तै सहभागीको तर्फबाट लक्ष्मी न्यौपाने र डोलराज आचार्यले बैंकले वित्तीय साक्षरता कार्यक्रम आफ्नै टोलमा सिक्न पाएकोमा खुशी व्यक्ती गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथी लेखनाथ भट्टराईले गरीमा विकास बैंकले आफ्नो सेवाका अलावा समाजमा आर्थिक सचेतना फैलाउने काम देशका विभिन्न ठाउँमा गर्दै आएको बताउनुभयो। यसै अवसरमा सबैकोको माझमा आफुहरु आएको कुरा बताउँदै उहाँले सबैकुरा बुझेर मात्र आर्थिक कारोबार गरेमा आर्थिक बोझबाट बच्न सकिने भनाई राख्नुभएको थियो। सहकारीका अध्यक्ष जिवन डोटेलले आफ्नो संस्थाको आग्रहलाई स्वीकार गरेर आफ्ना सहकारीका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम मार्फत अझ उत्प्रेरित गरिदिएकोमा बैंक प्रति आभार प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP